जन्मदिनको अवसरमा एशियन लाइफको बीमा पोलिसी उपहार

१३ मंसिर २०७९, मंगलवार ११:४७

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । ब्रतबन्ध, जन्मदिन, विबाह, पास्नी र विवाह उत्सव जस्ता अवसरमा आफ्ना परिवार, इष्टमित्र तथा साथीभाईलाई जीवन बीमा पोलिसी खरिद गरी उपहार दिने नयाँ ट्रेन्ड नै चलेको छ ।

यसैबीच तौथली ८ सिन्धुपाल्चोक स्थायी ठेगाना भएकी संजना श्रेष्ठले आफ्नी छोरी एली श्रेष्ठको जन्मदिनमा उपहार स्वरुप बीमा पोलिसी खरिद गरिदिएकी छिन् ।

जन्मदिनमा तडकभडक खर्च गरी भौतिक वस्तु उपहार दिनुभन्दा बीमा पोलिसी उपहार दिदा भविष्यमा सन्तानको जोखिम बहन हुने भएकोले बीमा पोलिसी उपहार दिएकी उनले बताइन् ।

श्रेष्ठले छोरीलाई एशियन लाइफ इन्स्योरेन्सको ४ लाख रुपैयाँको बीमा पोलिसी खरिद गरि उपहार दिएकी हुन् । श्रेष्ठले कम्पनीकी एजेन्सी म्यानेजर पुष्पा अधिकारीसमक्ष उक्त बीमा पोलिसी खरिद गरेकी हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*