नेपाल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
७ मंसिर २०७९, बुधबार १५:०४
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ७.७२ अंकले घटेर १९२१ विन्दुमा कायम भएको छ ।
नेप्से घटेसँगै आज शेयरबजारमा एक अर्बमाथिको कारोबार भएको छ । सर्वाधिक नेपाल बैंक लिमिटेडेको १२ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिष्टिलरीको ११ करोड ९ लाख, सिभिल बैंकको ६ करोड ८२ लाख, शिवम् सिमेन्ट्सको ६ करोड ६ लाख र नेशनल लाइफ इन्स्योरेन्सको ३ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।