समानुपातिकतर्फको मतगणनामा एमालेको अग्रता, घण्टी तेस्रो स्थानमा

६ मंसिर २०७९, मंगलवार १२:३३

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । हालसम्म प्राप्त रिर्पोटअनुसार समानुपातिक तर्फ नेपाल कम्युनिष्ट पार्टी एमालेले अग्रता लिइरहेको छ ।

हालसम्म एमालेले समानुपातिक तर्फ ७६ हजार ३२३ मत प्राप्त गरी अग्रता जमाएको हो । त्यस्तै, एमालेलेलाई पच्छ्याउँदै नेपाली कांग्रेसले पनि समानुपातिकतर्फ ६५ हजार ७२९ मत प्राप्त गरेको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिकतर्फ हालसम्म उत्कृष्ट मत प्राप्त गरेको छ । दुई ठूला दललाई चूनौती दिदै रास्वपाले हालसम्म ३३ हजार ३३७ मत प्राप्त गरी तेस्रो स्थान जमाएको छ ।

साथै एकल चिन्ह गोलाकारभित्र हँसिया हथौंडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)।नेपाल समाजवादी पार्टी)ले समानुपातिकतर्फ २९ हजार ६५१ मत प्राप्त गरी चौथो स्थान जमाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*