काठमाडौ–४ मा कांग्रेसका गगन थापा विजयी, राजन भट्टराई हारे
६ मंसिर २०७९, मंगलवार ११:५८
काठमाडौं । काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उहाँ विजयी भएका हुन्।
थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी एमालेका राजन भट्टराईले १३ हजार आठ सय ५५ मत ल्याएर पराजित भएका छन् । भट्टराई विदेशी एजेन्ट भएको भन्दै व्यापक अभियान चलेको थियो । उनी केपी ओलीको प्रम कालमा परराष्ट्र सल्लाहकार थिए ।