राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हको ११ स्थानमा अग्रता, कसको अवस्था कस्तो ?

६ मंसिर २०७९, मंगलवार १२:१०

काठमााडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ११ वटा क्षेत्रमा अग्रता जमाइरहेको छ । हालसम्म ११ स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिइरहेका छन्

जसमा सुनसरी १ बाट गोमा तामाङले ९७३ मत पाएर अग्रता जमाएकी छिन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राईलाई २२ मतले पछाडी पारेकी छिन् ।

त्यस्तै, काठमाडौं ६ बाट शिशिर खनालले पनि हालसम्म ३ हजार ६६१ मत प्राप्त गरेर अग्रता लिएका छन् । उनले नेकपा एमोलका सर्वेन्द्र खनाललाई १३५६ मतले पछाडी पारेका छन् । खनालले हालसम्म २३०५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, सुनसरी २मा पनि रास्वपा ले अग्रता लिएका छन् । रास्वपाका उम्मेदवार लाल बिक्रम थापाले हालसम्म ८९४ मत प्राप्त गरी अग्रता लिएका छन् । उनले नेपाली कांग्रेसका सिताराम महतोलाई १८९ मतले पछि पारेका छन् । साथै चितवन १ मा हरि ढकालले पनि उच्च मतान्तरले नेकपा एमालेका उम्मेदवार सुरेन्द्रप्रसाद पाण्डेलाई पछाडी पारेका छन् ।

ढकालले हालसम्म ३९४९ मत प्राप्त गरेका छन् भने पाण्डेले २७०८ मत प्राप्त गरेका छन् ।यस्तै, काठमाडौं ७ बाट गणेश पराजुलीले २९५१ मत पाएका छन् भने उनलाई पच्छ्याउँदै नेकपा एमालेका उम्मेदवार श्याम कुमार घिमिरेले २७७२ मत पाएका छन् । साथै सुनसरी ३ बाट कमल बाबु मैनालीले पनि ८२९ मत प्राप्त गरेर अग्रता लिइरहेका छन् । उनले नेकपा एमोलकी उम्मेदवार भगवती चौधरीलाई ९५ मतान्तरले पछाडी पारेका छन् ।

त्यस्तै, काठमाडौं ८ बाट रास्वपाका उम्मेदवार विराज भक्त श्रेष्ठले पनि ६१०९ मत प्राप्त गरेर अग्रता लिइरहेका छन् । सम्भवतः उनको बिजयी निश्चित भइसकेको छ । उनले ६१०९ मत प्राप्त गर्दा हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ४६१३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, रुपन्देही २ मा रास्वपाका गणेश पौडेलले ३३१९ मत, कास्की २ मा माधव प्रसाद कंडेलले २४३१ मत, काठमाडौं २ सोविता गौतमले ५३३२ मत, ललितपुर ३ मा डा.तोसिमा कार्कीले ५८२७ मत प्राप्त गरेर अग्रता लिइरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*