अर्बपति व्यापारी बिनोद चौधरी दोस्रो स्थानमा, घण्टीले उछिन्यो
६ मंसिर २०७९, मंगलवार १०:१३
काठमाडौं । नवलपरासी पश्चिम क्षेत्र नं १ बाट नेपाली कांग्रेस पार्टीको तर्फबाट रुख चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका अर्बपति व्यापारी बिनोद चौधरी दोस्रो स्थानमा रहेका छन् । जारी मत गणना अनुसार सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टी, घण्टीका उम्मेदवार महेन्द्र सेन ठकुरीले पछि पारेका हुन् ।
घण्टीले ३९५८ मत ल्याउँदा चौधरीले रुख चिन्हमा ३८६९ मत पाएका छन् । अर्बपति चौधरी ८९ मतले पछाडि परेका छन् । त्यसैगरी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २ हजार ९१२ मत पाएका छन् ।