जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिशनमा ३ अर्ब खर्चिए, १७ कम्पनीको घट्यो, दुईको बढ्यो (तथ्यांक सहित)

५ मंसिर २०७९, सोमबार १८:२५

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमासम्ममा ३ अर्ब ३९ करोड रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएका छन् ।

गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ४ अर्ब माथि अभिकर्ता कमीशन बीमा अभिकर्ताहरुमा खर्चिएका थिए । गत आर्थिक बर्षको तुलनामा कम्पनीको अभिकर्ता कमीशन १५ प्रतिशतले घटेको तथ्यांकमा देखिएको छ।

 

 

यस त्रैमाससम्ममा कसले कति खर्चिए ?

यस त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुमध्ये सर्वाधिक कारोबार गर्ने नेपाल लाइफ अगाडि रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ८३ करोड रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएका छन् ।
दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा कम्पनीले ४१ करोड रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएको छ ।

तेस्रोमा लाइफ इन्स्यारेनन्स कर्पोरेशन (नेपाल) रहेको छ। कम्पनीले यस अवधिसम्ममा ३५ करोड रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएको छ।
कम्पनीहरुले प्रकाशन गरेको तथ्यांक अनुसार यस त्रैमाससम्म युनियन लाइफले २० करोड रुपैयाँ, सिटिजन लाइफले २० करोड रुपैयाँ, सिटिजन लाइफले २० करोड रुपैयाँ, एशियन लाइफले १७ करोड ४९ लाख रुपैयाँ, मेट लाइफले १२ करोड ३० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १२ करोड २१ लाख रुपैयाँ, सूर्या लाइफले ११ करोड ८१ लाख रुपैयाँ, आइएमई लाइफले ११ करोड १९ लाख रुपैयाँ, ज्योति लाइफले १० करोड १० लाख रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएका छन् ।

त्यस्तै, रिलायन्स लाइफले ९ करोड ९२ लाख रुपैयाँ, प्राइम लाइफले ८ करोड ९२ लाख रुपैयाँ, सन नेपाल लाइफले ८ करोड ८३ लाख रुपैयाँ, प्रभु लाइफले ७ करोड ८६ लाख रुपैयाँ, सानिमा लाइफले ७ करोड २० लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ६ करोड ३८ लाख रुपैयाँ, गुराँस लाइफले ६ करोड ६७ लाख रुपैयाँ र महालक्ष्मी लाइफले ६ करोड १९ लाख रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएका छन् ।

दुई कम्पनीको मात्रै बढ्यो अभिकर्ता कमीशन

प्रथम त्रैमासको वित्तिय विवरणको आधारमा विश्लेषण गर्दा दुई कम्पनी बाहेक सबैको घटेको छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान र नेशनल लाइफको सबैको अभिकर्ता कमीशन घटेको तथ्यांकले देखाएको छ।
यस अवधिसम्ममा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको अभिकर्ता कमीशन ३८ प्रतिशतले बढेको छ ।

गत आर्थिक बर्षमा ४ करोड ८४ लाख रुपैयाँ, अभिकर्ता कमीशनमा खर्चिएको कम्पनीले यस आर्थिक बर्षमा ६ करोड ६८ लाख रुपैयाँ पुराएको छ।विगतका दिनहरुमा भन्दा संस्थानले यस आर्थिक बर्षदेखि अभिकर्ता कमीशनको रकम बढाएको छ ।

त्यस्तै, टप थी्र मा सार्वधिक कारोबार गर्ने नेशनल लाइफले गत आर्थिक बर्षको तुलनामा १० प्रतिशतले बढाएर ४१ करोड ८४ लाख रुपैयाँ पुराएको छ। आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३७ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको थियो ।

१७ कम्पनीको अभिकर्ता कमीशन घट्यो

हाल संचालमा रहेको १९ कम्पनीमध्ये दुई कम्पनीको मात्रै अभिकर्ता कमीशन बढेको छ भने बाँकि १७ को मुनाफा घटेको छ।जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमाससम्मा गुराँस लाइफको अभिकर्ता कमीशन सबैभन्दा धेरैले घटेको छ । कम्पनीको अभिकर्ता कमीशन ३१ प्रतिशतले घटेको छ ।

त्यस्तै, युनियन लाइफ इन्स्योरेन्सको अभिकर्ता कमीशन ३० प्रतिशत, सानिमा लाइफको २९ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल)को २८ प्रतिशत, रिलायन्स लाइफको २७ प्रतिशत, प्रभु लाइफको २१ प्रतिशत, प्राइम लाइफको २१ प्रतिशत, आइएमई लाइफको १९ प्रतिशत, नेपाल लाइफको १६ प्रतिशत, ज्योति लाइफको १३ प्रतिशत, सूर्या लाइफको १२ प्रतिशत, एशियन लाइफको १२ प्रतिशत, रिलायबल नेपाल लाइफको ८ प्रतिशत, सिटिजन लाइफको ७ प्रतिशत, सन नेपाल लाइफको ५ प्रतिशत, महालक्ष्मी लाइफको २ प्रतिशत र सबैभन्दा कम मेट लाइफको १ प्रतिशतले घटेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*