गुरासँ लाइफ इन्स्योरेन्सको बाह्रौ साधारण सभाको माइन्युट सार्वजनिक
५ मंसिर २०७९, सोमबार ११:४९
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो बाह्रौ साधारण सभाको काम कारवाहिको विवरण (माइन्युट) सम्बन्धमा कम्पनी ऐन बमोजिम सार्वजनिक गरेको छ । उक्त सभा कम्पनीको प्रधान कार्यालय राज भवन, तिनकुने, काठमाडौंमा काक्तिक ४ गते सम्पन्न भएको हो ।
उक्त सभामा शेयरधनीहरु मध्य १४ जनाले वार्षिक प्रतिवेदन, लेखापरिक्षण विवरण आदिमा आआफ्नो जिज्ञाशा मन्तव्य धारणा राखेका थिए । सो मत्यव्य प्रतिको जवाफ सभापतिको आज्ञामा बमोजिम कम्पनीको कार्यकारी अधिकृतले विपिन कुमार लालले जवाफ दिएका थिए ।