गत बर्ष ३ हजार पुगेको नेपाल लाइफको शेयर मूल्य घटेर कतिमा पुग्यो ? सस्तो शेयर धमाधम उठाउदै लगानीकर्ता
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य इतिहासकै सस्तो भएपछि बढ्न थालेको छ। लगानीकर्तालाई कम लाभांश घोषणामार्फत थप निराश बनाएपछि सेयर मूल्य ओरालो लागिरहेको थियो । कम्पनीको वित्तिय विवरण हेर्दा पनि अधिंकाश सूचकमा बलियो नै देखिन्छ । शेयर बजार निरन्तर घटिरहेपनि जीवन बीमा कम्पनीहरुको प्रतिस्पर्धामा भने नेपाल लाइफ अगाडि नै रहेको छ ।
कम्पनीको प्रथम त्रैमासको वित्तिय विवरणले उक्त सपष्ट देखाएको छ। बीमा प्राधिकरणले फ्युचर बोनसका लागि प्रोभजनिङ गर्नुपर्ने व्यवस्था लागू गरेका कारण मुनाफा प्रभावित भएको कम्पनीकोको चालु आवमा मुनाफामा देखिएको हो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुुनसक्नेछ ।
नेपालकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफले जीवन बीमा कोषमा एक खर्ब ४१ अर्ब रुपैयाँ संचिती गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोष १९.६४ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै जगेडा कोष र महाविपत्ति कोष सहित नेपाल लाइफको कोषमा एक खर्ब ४४ अर्ब ९० करोड ९१ लाख आठ हजार ८४७ रुपैयाँ संचिती भएको छ ।
कम्पनीले कुल १५.७८९५ नगद लाभांश प्रस्ताव गरेको छ। जुन इतिहासमै निराशाजनक लाभांश दिएपछि अन्य बैंक तथा वित्तीय संस्थाहरुको लाभांशभन्दा राम्रो दिएको भन्दै लगानीकर्ताले सेयर उठाउन थालेका छन्।
कम्पनीले इतिहासमा लगानीकर्तालाई १२६ प्रतिशतसम्म लाभांश दिएको थियो। १० वर्ष अगाडि नै कम्पनीले ७० प्रतिशत बोनस सेयर र ५६ प्रतिशत नगद लाभांश दिएको इतिहास रहेको छ। गत वर्षदेखि प्रतिकित्ता मूल्य ३००० सम्म पुगेको सेयर मूल्य लगातार घटिरहेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१० रुपैयाँमा आइपुगेको थियो।
जुन मूल्य इतिहासकै सस्तो मूल्य थियो। अहिले पुनः बढेर ६१० रुपैयाँमा बुधबार अन्तिम कारोबार भएको छ।१२ वर्षअगाडि कम्पनीको सेयर मूल्य ७ सय रुपैयाँ हाराहारी रहेको थियो। समग्र नेप्से परिसूचक अघिल्लो वियरिसमा आउँदा १२०० तल हुँदा ९ सयमा अन्तिम कारोबार भएको थियो। त्यसपछि लगातार बढेर ३ हजार रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य लगातार घटेर न्यूनतम ५७७ रुपैयाँमा आइपुगेको थियो।
नेपाल लाइफ इन्स्योरेन्स नोक्सानीमा रहेपनि अधिकांश सूचकमा आफ्नो अग्रता कायमै राख्न सफल भएको छ। चुक्ता पुँजी सबैभन्दा धेरै रहेको नेपाल लाइफ जीवन बीमा क्षेत्रमा क्रियाशील र सेयर बजारमा सूचीकृतमध्ये बलियो कम्पनी हो।
तर गत आर्थिक वर्षको असारसम्ममा भने नेपाल लाइफले सबैभन्दा धेरै ३५ करोड २७ लाख रुपैयाँ नोक्सानी व्योहोर्नु परेको छ। कम्पनीले नोक्सानीको लागि व्यवस्था बापत रकम छुट्याउँदा नोक्सानी व्यहोर्नु परेको जनाएको छ
चुक्ता पुँजी सबैभन्दा धेरै ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको नेपाल लाइफको बीमा व्यवसायको मुख्य श्रोत खुद बीमाशुल्क आर्जन, जीवन बीमा कोष र कुल बीमाशुल्कमा भने अग्रता कायमै राख्न सफल भएको छ। खुद बीमाशुल्क एक खर्ब माथि, नेपाल लाइफको मात्रै करिब ३५ अर्ब योगदान रहेको छ