यसरी हुदैछ काठमाडौं उपत्यकामा मतदान (फोटोफिचर सहित)
काठमाडौं । प्रतिनतिधि सभा र प्रदेशसभाको लागि आज काठमाडौं उपत्यकामा शान्त र भयरहित वातावरणमा मतदान जारी छ । बीमापोष्टले यो समाचार तयार पार्दासम्म उपत्यकामा कुनै पनि त्यस्तो मतदान विथोल्ने कार्य भएको छैन ।
देशभरका १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्र र १४१ अस्थायी मतदान केन्द्रमा बिहानैदेखि मतदाता लाइन लागेका छन् ।मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म चल्नेछ । यसपटक १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । जसमा ९१ लाख ४० हजार ८०६, ८८ लाख ४७ हजार ५७९ महिला मतदाता रहेका छन् । १८५ अन्य मतदाता छन् भने ४ लाख ५० हजार अस्थायी मतदाता छन् ।निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कारागार र वृद्धाश्रमहरुमा गरी १४१ वटा अस्थायी मतदानस्थल तोकिएको छ । चुनावमा २ लाख ४६ हजार ९६० जना कर्मचारी खटिएका छन् ।
निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएकोले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले अपिल गरेको छ ।
संवाददाता राजन कठायतले तयार पारेको रिर्पोट र तस्वीरहरु