मतपेटिका लुट्न खोजे गोली हानिने, यस्तो छ प्रहरीको सुरक्षा रणनिति

४ मंसिर २०७९, आईतवार ११:२३

काठमाडौं । नेपाल प्रहरीले शंकास्पद गतिविधि गर्ने, बुथ कब्जा गर्न खोज्ने, मतपेटिका लुट्ने तथा मतपत्र च्यात्ने व्यक्तिलाई प्रहरीले सिधै गोली चलाउन पाउने अधिकार पाएको छ। सरकारले निर्वाचनको दिन बुथ कब्जा गर्न खोज्ने र मतपेटिका लुट्न खोज्नेमाथि गोली हान्नेसम्मको अधिकार प्रहरीलाई दिएको हो ।

गृह मन्त्रालयका अनुसार निर्वाचन सुरक्षार्थ खटिएको सुरक्षाकर्मीले जिम्मेवारी वहन नगरेर कुनै अप्रिय घटना घटेमा त्यस्तो प्रहरी अधिकारीमाथि पनि सजाय हुने जनाएको छ । ‘मतपेटिका लुटेको देख्दादेख्दै गोली नचलाउने प्रहरीलाई पनि कारबाही हुन्छ ।

‘मतदान स्थलमा मतपेटिका लुट्ने, अवान्छित क्रियाकलाप गर्ने तथा बुथमा आक्रमण गर्नेविरुद्ध स्थानीय प्रशासन ऐनअन्तर्गत अत्यधिक बल प्रयोग गर्ने तथा गोली हान्न सक्ने अधिकार छ ।

मतदान केन्द्रको हरेक बुथमा हतियारधारी प्रहरी परिचालन हुनेछन् । मतपेटिकाको जिम्मा सम्बन्धित पक्षले नलिँदासम्म एक सेकेन्ड पनि उक्त प्रहरीले बुथ छाड्न पाउँदैन । उसले बुथमा आक्रमण गर्ने जोकोहीलाई सिधै गाली हान्न सक्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*