आजै बेलुका ८ बजेबाट मतगणना सुरु हुने

४ मंसिर २०७९, आईतवार ०८:२४

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश तथा प्रतिनिधिसभा चुनावमा मतदान गर्नका लागि एक जनालाई करिब २ मिनेट लाग्ने बताएका छन् ।
भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त थपलियाले मतदान छिटो र सहज बनाउन देशैभरका निर्वाचन अधिकृतहरूलाई आग्रह गरेका हुन् ।

त्यस्तै थपलियाले मतदान केन्द्रहरू अपांगमैत्री बनाइएको जानकारी दिए । प्रमुख आयुक्त थपलियाले यस पटक ७० प्रतिशतभन्दा बढी मत खस्ने सम्भावना रहेको बताए । २ दिन बिदा भएकाले पनि मतदानमा नागरिकहरू उत्साहित भएको उनको भनाइ छ ।
बेलुका मतदान सकिनेबित्तिकै सबै मतदानकेन्द्रहरूबाट मतपेटिका संकलन गरिने उनले बताए । आइतबार बेलुका ८ बजेतिरबाट मतगणना सुरु हुने बताए । त्यस्तै अबको ८ दिनभित्र प्रत्यक्षतर्फको सबै मतगणना सक्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*