प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)द्धारा समाचारको खण्डन, समाचार सत्य भएको बीमापोष्टको भनाई
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आज प्रकाशित “कोरोना बीमाको रकम भुक्तानी गर्न कम्पनीहरु नै अनिच्छुक, उजुरी बोकेर सिइओ निर्वाचन आयोगमा” शिर्षकमा प्रकाशित समाचारको लिखित रुपमा खण्डन गरेको छ ।
सम्पादक ज्यू
बिषयः झुटो समाचार सम्प्रेसन बारे ।
उपरोक्त सम्बन्धमा त्यस अनलाईनमा मिति २०७९।०८।०२ मा प्रकाशित “कोरोना बीमाको रकम भुक्तानी गर्न कम्पनीहरु नै अनिच्छुक, उजुरी बोकेर सिइओ निर्वाचन आयोगमा” शिर्षकमा प्रकाशित खबरमा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृृत विश्व राम तिमिला तथा अध्यक्ष सुरेश लाल श्रेष्ठको समेत नाम उल्लेख गरी हुँदै नभएको झुट्टा तथा भ्रामक समाचार सम्प्रेषण गरेर कम्पनीको छबीमा आँच आउने कार्य प्रति यस कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त समाचारको खण्डण गर्नुहोला अन्यथा कानुन बमोजिम कार्य गर्न बाध्य हुने व्यहोरा जानकारी गराउदछौ ।
धन्यवाद,
भवदीय,
सहदेव तिवारी
नायब प्रमुख कार्यकारी अधिकृत
मितिः २०७९।०८।०२
संवाददाताको भनाई:
बीमापोष्टले निर्वाचन आयोगमा दर्ता भएको उजुरीको आधारमा समाचार लेखेको हो । झूठा समाचार प्रकाशन गरेको होइन । प्रकाशित समाचारप्रति बीमापोष्ट विश्वस्त र दृढ छ ।
One thought on “प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)द्धारा समाचारको खण्डन, समाचार सत्य भएको बीमापोष्टको भनाई”