मर्जरको अन्तिम तयारीमा रहेको सूर्या लाइफ र ज्योति लाइफले ल्यायो कर्मचारी स्वेच्छिक अवकास योजना, वार्षिक तलबभत्ता र रकम एकमुष्ट पाइने सुविधा

२ मंसिर २०७९, शुक्रबार १४:४२

काठमाडौं । मर्जरको अन्तिम तयारीमा रहेको सूर्या लाइफ र ज्योति लाइफले कर्मचारी स्वेच्छिक अवकास योजना ल्याएका छन् । विविध सुविधा सहित दुबै मर्जरमा जान लागेको कम्पनीहरुले यो योजना ल्याएको हो ।

यो योजनाका लागि न्यूनतम मापदण्ड पुरा गरेका कर्मचारीहरुलाई मंसिर एक गतेदेखि ६ गतेसम्म आवेदन दिन पाउनेछन् ।ज्योति र सूर्या लाइफले स्वेच्छिक अवकासमा सहभागिता हुन चाहनेले लाभ रकम वापतको रकम र एक वर्षसम्मको खाँदै आएको तलब भत्ता बराबर एकमुष्ठ रकम पाउने छन् ।

यस योजनामा कम्पनीको सिईओदेखि सबै कर्मचारीहरुमा लागु हुनेछ । मर्जरपछि नियमित कामलाई निरन्तरता नदिने कर्मचारीहरुको लागि यी दुबै कम्पनीको स्वेच्छिक अवकास योजना ल्याएको हो । कम्पनीले हालसम्म कम्पनीमा सेवा गरेवापत् सम्मान स्वरुप यो योजना ल्याएको जनाएको छ।

यस योजना सरिक हुन वरिष्ठ अधिकृत वा सो भन्दा माथिल्लो पदमा कार्यरत स्थायी कर्मचारीले यस योजना सहभागिता जनाउन सक्नेछन्।
अवकाश योजनाको लागि आवेदन स्वीकृत भएका कर्मचारीहरुलाई तोकिएको सुविधा बाहेक अतिरिक्त सुविधा दिने व्यवस्था गरेको छ ।
कर्मचारीहरुको हकमा अतिरिक्त सुविधा बापत आवेदन आह्वान गरेको अघिल्लो महिनामा खाइपाइ आएको कुल मासिक तलब, ग्रेड र भत्ताको दरले हुन आउने रकमका आधारमा प्राप्त गर्न सक्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*