रिलायन्स लाइफ छैटौं वर्ष प्रवेशको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम, बीमा अभिकर्तालाई जिम्मेवार बन्न डेपुटी सिईओ कँडेलको निर्देशन
ललितपुर । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा आज ललितपुरको कुमारीपाटीस्थित रिजनल कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।रिलायन्स लाइफको क्षेत्रीय कार्यालय ललितपुरका प्रमुख रामेश्वर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा अतिथिका रुपमा सन्दिप कसँजुको उपस्थिति रहेको थियो । उपत्यकाका विभिन्न शाखामा कार्यरत कर्मचारी, बीमा अभिकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डेपुटी सिईओ कँडेलले अभिकर्ताहरुलाई जिम्मेवार भएर बीमा व्यवसाय गर्दा जिम्मेवार बन्न निर्देशन दिएका छन् । डेपुटी सिईओ कँडेलले भने, ‘बीमा अभिकर्ताहरु सिंगो बीमा व्यवसायको मेरुदण्ड हुनुहुन्छ । बीमा अभिकर्ताहरु र बीमा कम्पनी एक अर्कामा परिपुरक छन् । बीमा अभिकर्ताहरु बीमितको आर्थिक अवस्था विश्लेषण गरी उचित परामर्श समेत दिने भएकोले जिम्मेवार बन्नुपर्दछ ।’ डेपुटी सिईओले बीमा बजारमा रहेको मिस सेलिङको प्रवृत्तिमा लाग्न नहुने सुझाव अभिकर्ताहरुलाई दिएका छन् ।
कार्यक्रममा सिएफओ कसँजुले बीमा अभिकर्ताहरुले ऋण लिएर बीमा गर्न नहुने भन्दै सचेत भएर दीर्घकालिन रुपमा व्यवसाय रणनीति अपनाउन बीमा अभिकर्ता एजेन्सीहरुलाई आह्वान गरेका छन् ।
कम्पनीका रिर्जनल हेड रामेश्वर श्रेष्ठले कम्पनी स्थापन भएको दिनलाई स्मरण गर्दै आगामी दिनमा कम्पनीलाई थप मजबुत बनाएर अग्रसर हुन सबैलाई आग्रह गरे । बार्षिकोत्सवको उपल्क्ष्यमा कम्पनीलाई यस स्थानसम्म पुराउन सहयोग गर्ने सम्पूर्णलाई सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
वार्षिकोत्सव कार्यक्रममा कर्मचारी तथा अभिकर्ताहरुले बार्षिकोत्सव खुशी साटासाट गर्र्दै मनाएका छन् ।