तीन ठूला जीवन बीमा कम्पनी नेपाल लाइफ,नेशनल र एलआईसी नेपाललाई दाँजेर हेर्दा, कसको वित्तिय अवस्था कस्तो ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स, एलआईसी नेपाल र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नेपालका तीन ठूला स्थापित जीवन बीमा कम्पनी हुन् ।नेपाल लाइफ लाइफ जीवन बीमा कम्पनीहरुले गरेको व्यापारको हिसाबले नेपाल लाइफ एक नम्बरमा पर्छ ।
जीवन बीमा कम्पनीमा पहिलो स्थान नेपाल लाइफको छ । नेपाल लाइफपछि प्रतिस्पधार्मा एलआईसी नेपाल र नेशनल लाइफबीच हुने गर्छ ।यी तीनै कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासकोे वित्तीय विवरण प्रकाशित गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले तोके अनुसार नेपाल लाइफको चुक्ता पुँजि पुगिसकेको छ भने एलआईसी नेपाल र नेशनल लाइफको बाँकि रहेको छ । यी तीनै कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण हेर्दा चुक्ता पुँजि पुराउन नेपाल लाइफलाई कुनै कसरत गनुपर्ने देखिदैन भने नेशनल लाइफकले चुक्ता पुराउन केही प्रयास गनुपर्ने देखिन्छ र एलआईसीलाई बीमा ऐनको प्रावधान अनुसार पुँजि पुराउन कसरत गनुपर्ने देखिन्छ।
नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाईफ इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनीबीच गरेका तुलनात्मक अध्ययन यस्तो छः
चुक्ता पुँजिको आधारमा
चुक्ता पुँजिको आधारमा हेर्ने हो भने नेपाल लाइफ अग्रस्थानमा रहेको छ । नेपाल लाइफको चुक्ता पुजि ८ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
नेशनल लाइफको चुक्ता पुँजि ४ अर्ब ३ करोड रुपैयाँ चुक्ता पुँजि रहेको छ।
एलआईसी नेपालको चुक्ता पूँजि २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । बीमा प्राधिकरणका अनुसार एलआईसी नेपालको अनुासर ५ अर्ब रुपैयाँ चुक्ता पुँजि पुराउनुपर्नेछ ।
जीवन बीमा कोषको आधारमा
जीवन बीमा कोषको आधारमा हेर्ने हो भने पनि नेपाल लाइफकै अग्रता कायमै छ । नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा १ खर्ब ४२ अर्ब रुपैयाँ रहेको छ।
दोस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीको जीवन बीमा कोषमा ५३ अर्ब रुपैयाँ रहेको छ ।
त्यस्तै, एलआईसी नेपालको जीवन बीमा कोषमा ९७ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
खुद बीमा शुल्क आर्जनको आधारमा
कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण हेर्दा यस त्रैमाससम्ममा नेपाल लाइफले ९ अर्ब ९३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ।
एलआईसी नेपालले ४ अर्ब ४९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
नेशनल लाइफको खुद बीमाशुल्क आर्जन ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ।
खुद नाफाको आधारमा
यस त्रैमासमा यी तीन कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार नेपाल लाइफ इन्स्योरेन्सले १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा अर्जान गर्न सफल भएको छ।
नेशनल लाइफको नाफा ११ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, एलआईसी नेपाल ५९ लाख २९ हजार रुपैषँ नोक्सानीमा रहेको छ।
कम्पनीहरुको पहिलो त्रैमासको नाफा र नोक्सानले कुनै फरक पादैन । कम्पनीको एक्चुरी भ्यालुएसन नभएसम्म वास्तविक नाफा देखिदैन ।
खुद दावी भुक्तानीको आधारमा
यस त्रैमाससम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ३५ करोड रुपैया्ँ खुद दावी भुक्तानी गरेको छ ।
एलआईसी नेपालले १ अर्ब ९५ करोड खुद दावी भुक्तानी गर्न सफल भएको छ ।
नेशनलले २ अर्ब ११ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
कायम पोलिसी सङख्या
१४ लाख २५ हजार बीमा पोलिसी सेल गरेर नेपाल लाइफ सबै बीमा कम्पनीहरुको अग्रस्थानमा रहेको छ । नेशनल लाइफले १६ लाख बीमा पोलिसी सेल गरेको छ ।
त्यस्तै, एलआईसी नेपालले ६ लाख पोलिसी सेल गरेको छ ।
प्रति शेयर आम्दानीको आधारमा
प्रतिशेयर आम्दानीको आधारमा हेर्ने हो भने नेशनल अगाडि रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६६ पैसा रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक प्रति शेयर आम्दानी ८ रुपैयाँ ५६ पैसा छ
त्यस्तै, एलआईसी नेपालको वार्षिक प्रति शेयर आम्दानी ०।२२ पैसा ऋणात्मक रहेको छ ।