लुम्बिनी जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ८३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।गत आर्थिक बर्षको तुलनामा कम्पनीको मुनाफा २८ प्रतिशतले बढेर ५ करोड ५१ करोड लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको ४ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद बीमा शुल्क ८३ प्रतिशतले ३६ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले १९ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले १३ करोड १ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ५८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो
कम्पनीको चुक्ता पुँजि १ अर्ब ३१ करोड रुपैयाँ, बीमा कोष ८१ करोड ७३ लाख र जगेडा कोषमा १९ करोड ४३ लाख रुपैयाँ संचिती रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८० पैसा रहेको छ ।