सिन्धुपाल्चोकको सुकुटे बीच घुमफिरपछि बीमाकर्मीमा थपिएको उत्साह, एलआईसी नेपालका १५० एजेन्सीका यात्राअनुभूति

गोबिन्द प्रसाद गिरी
३० कार्तिक २०७९, बुधबार १३:५७

सिन्धुपाल्चोकबाट भैरहवा फर्केपछि ।

छङ ! छङ !! दुङ गर्दै बगिरहेको भोटेकोशी नदि । वरिपरि घना जंगल, बीचमा स्यानो सडक अनि केही घर, कटेजहरुको बीचमा रहेका रिसोर्ट साँच्चै रोमाञ्चक छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण हाम्रो देश नेपाल बिबिधता सुन्दरता र प्रकृतिले भरिपुर्ण सुकुटेबीचको यात्रा काठमाडौंबाट ६७ किलोमीटरको दुरिमा नेपालको उत्तरमा पर्ने सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी किनारास्थित एउटा सुन्दर, शान्त स्थान हो सुकुटे क्षेत्र । आन्तरिक पर्यटकको हब पनि हो । सुन्दर वातावरणमैत्री बसोबासको आकर्षणको केन्द्र बिन्दु हो ।

तिब्बत हुँदै बगेर आएको भोटेकोशी नदिको किनारामा रहेको सुकुटे स्वर्गीय आनन्द र रमणीय ठाउँको रुपमा देशैभरि प्रख्यात छ । जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल लिमिटेड नेपालमा बढ्दो आर्थिक संकटका बीचमा कुनै पनि कार्यक्रम विदेश जानु नपरोस्, स्वदेशमै होस् भन्ने अभिप्रायबाट अघि बढेको छ । यही क्रममा एलआईसी नेपालले आन्तरिक पर्यटकको प्रबद्र्धन र बीमा अभिकर्ताहरुलाई पुनर्ताजगी तालिम एकै साथ सम्पन्न गरेको छ । देशकै दोस्रो ठूलो जीवन बीमा कम्पनी एलआईसी नेपालले चाहेको खण्डमा देशका अन्य महंगा रेष्टरेन्ट, र होटलमा कार्यक्रम गर्न सक्षम छ । तर, यस पटक एलआईसी नेपालका १५० जना उत्कृष्ट काम गर्ने अभिकर्ताको लागि सिन्धुपाल्चोकको भोटेकोशी तटमा रहेको रिसोर्टमा भव्य कार्यक्रमका बीचमा मनाएको छ ।

मिति २०७९/०७/१९ गते शनिवार दिउँसो १ बजे नयाँ बानेश्वरबाट सुरु भएको सुकुटे बीमाका एजेन्सीहरुले ज्ञान, शिप आर्जन गर्ने मात्रै नभएर प्राकृतिक मनोरम दृष्यसँग भरपुर आनन्द समेत लिएर सकिएको छ । भ्रमणको पहिलो दिन सबै साथीहरुमा जोस थियो, उत्साह थियो, अनि उमंग पनि । गाडीमा टिकटक भिडियो फोटो खिच्दै सुकुटेसम्मको यात्रा खासै नयाँ थिएन । हामी राति बास बस्न सुकेटे पुगियो । खाने बस्ने सुबिधा सबैको लागि कम्पनीबाट तयारी नै थियो । म्युजिक सुरु भयो नाच्न गाउन जान्न्नेहरुको लागि त त्यो के कुरा भयो र ? निकै रमाइलो हुने नै भयो । यो रमाइलो यात्रामा रोचक कुरा चाही हामी सुत्ने रुम भनेको खुल्ला टेन्ट थियो । सुकुटे पुगेपछि सुरु भयो नयाँ फरकपनको अनुभूति ।

 

जमिन हेर्दा सुनकोसी नदि, जुन नदिको किनारमा बनाएयका टेन्ट जस्को कुनै चाबी नै थिएन मज्जा तेसैमा थियो । खुल्ला आकास मुनि बनाइएका टेण्डमा निदाउनुको मज्जा नै छुट्टै थियो ।
भोलिपल्ल बिहानै पुनः सुरु भयो हाम्रो घुमफिर । र्याफ्प्टिङ गर्ने स्थानमा रमाइलो गर्दै हिडियो र चिसो सुनकोसीमा छुट्टै मज्जा लिदै र्याफ्प्टिङ गर्दै अन्तर्राष्ट्रिय सामुन्द्रिक छालमा खेलेकै अनुभूति साँच्चै अविस्मरणीय थियो । सुनकोसी जानी नजानी पौडिन पुग्नु हामी नेपालीलाई छुट्टै अनुभव थियो भने र्याफ्प्टिङ्को यात्रामा थप रौकनका प्राप्त गर्यो । गाइडले जारी गर्ने सूचना बिपरित जान्ने नजान्ने सबैलाई सुनकोसीमा छल्किने छालको मजाले यात्रामा थप रौनकता प्राप्त गर्यो । अरनिको राजमार्ग भएर बाह्रबिसे पुग्ने आन्तरिक पर्यटक पनि सुनकोसी नदीमा र्याफ्टिङको मज्जा लिँदै दोलालघाट पुग्छन् ।

हाइकिङ, रक क्लाइम्बिङ, स्वीमिङ र सुनकोसी नदीको पानीमा डुबुल्की मारेर नुहाउन नेपाली आन्तरिक पर्यटकको रुपमा लोभिएका छन् भने पछिल्लो समय सुकुटे बजार आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । सुनकोसी र भोटेकोसी नदीको कञ्चन पानीमा ¥याफ्टिङ गर्न सिजनमा (फागुनदेखि चैत्रसम्म) दैनिक १५ सय मानिस सुकुटे आइपुग्दा रहेछन् । दोलखा, रामेछाप र तिब्बतको खासा जाने यात्रुको खाना खाने स्टेशन पनि सुकुटे बजार भएकोले बिहानदेखि बेलुकासम्मै बजारमा भिडभाड हुने हुन्छ । सुकुटे बजारको पाँच किलोमिटर क्षेत्रफलमा रिसोर्ट स्तरका ११ होटेल रहेछन् ।’ पुस र माघको चिसोमा सुकुटे आउने आन्तरिक पर्यटक दोलखाको कालिञ्चोक पुग्छन् ।

जब गर्मी सुरु हुन्छ सुनकोसी नदीमा खेल्न सुकुटे बजारमा राजधानीवासीको भिड लाग्ने गरेको सुकुटे बिच एड्भेन्चर का संचालक महेन्द्र सिह थापाले सुनाए । उनले भने मैले अमेरिका, नर्बे, आइस्ल्यान्डमा र्याफ्प्टिङ पाइलट भयर काम गरे । युरोप अमेरिकाको अनुभव लिए र नेपाल मै केही गर्नु पर्छ भनी लगानी गर्न सुरु गरेर आज नेपाल र नेपालीलाई सुखी दिन सफल भए । ‘आज मेरो लगानी कति भयो म आफैलाइ नसोज्नु उनले भने । यो लगानी मात्रै होइन अबको केही समयमा नारायणी नदिमा सामुन्दृक देशले दिने मजा यहि नेपाल मै दिने गरि कार्ययोजना बनाउदै गरेका छौं ।’ उनले भने, ‘हाल १५० भन्दा धेरै कर्मचारीलाई रोजगार दिएको अनुभव संगालेका उनले आगामी दिनमा सुकेटेलाई अन्तर्राष्ट्रियस्तरको पर्यटन हब बनाउने अभियानमा जुटिरहेको प्रस्ट्याएकाछन् ।

 


सुनकोसी नदीको कोठे किनारबाट सुरु भएको र्याफ्प्टिङ दोलालघाट पुगेर टुंगिन्छ । र्याफ्प्टिङसँगै कायाकिङ पनि गरिन्छ । तर, आन्तरिक पर्यटकले कायाकिङ गर्दैनन् । एउटा बोटमा एक्लै नदी सफारी गर्नु कायाकिङ हो उनले भने । यो विदेशी पर्यटकको रोजाइमा पर्छ । सन् २००० अघि सुकुटेमा दैनिक ५० विदेशी पर्यटक साहसिक खेल खेल्न आउँथे । तर, त्यसपछि आजसम्म मासिक पाँच सय विदेशीले मात्रै ¥याफ्टिङ गर्छन् । विदेशी पर्यटक पनि खुल्ला टेण्ट मा बस्न आउनेगरेको रिसोर्ट सञ्चालकको कुरा सुन्दा हामी तीन छक पर्यौं । बाह्य पर्यटकले भदौबाट मंसिरसम्म ¥याफ्टिङ गर्न रुचाउँछन् । आन्तरिक पर्यटकले फागुनदेखि असारसम्म सुकुटे बजार ढाक्छन् ।

डोरीमा झुण्डिएर झरनामा चिप्लेटी खेल्ने साहसिक खेल क्यानोनिङ र सुख्खा चट्टानमा तलमाथि गर्ने खेल एब्सेलिङ र रक क्लाईबिङ जस्ता साहसिक खेल सञ्चालन गरी बिदेशी सुबिधा सरहका खेलहरुले बिदेशमा जाने घुम्ने रहर भएका नेपालीहरुलाइ स्वदेशमा नै बिदेशको झल्को दिनेगरि सुबिधा लगानी थप गर्न लागेको रिसोर्ट संचालकले हामी समक्ष बताए । दोलखाको कालिञ्चोक, छिमेकी चीनसँग जोडिएको तातोपानी धारा र भोटेकोसीको पर्यटकीय क्षेत्र भैरवकुण्ड गएर आउने पर्यटक पनि सुकुटेका रिसोर्टमा रात बिताउँछन् । गर्मीको मौसममा सुनकोसी नदीमा र्याफ्टिङ र स्विमिङ गर्दै रमाइरहेका पर्यटकका हुल देख्दा स्थानीय पनि खुसी छन् । रामेछाप, दोलखा र जिल्लाकै विभिन्न स्थानबाट राजधानी हिँडेका यात्रुवाहक बस र ढुवानी गाडीका मानिसले बिहान र दिउँसोको खाना, खाजा यहीँ लिने भएकाले बिहानैदेखि सुकुटे क्षेत्रमा भिड लाग्छ । रात्रीकाकिन समय कुनै निर्धारण नगरियको र खोलाको तिरमा बसि आ आफ्नोतरिकाबाट रमाइलो गर्न खुला रहेको हुदा तनाब र फुर्सदको समयमा यात्रको छुट्टै मज्जाको लागि सुकुटे बिचको यात्रा मनमोहक रहेको यात्रामा बीमा सम्राटको उपाधी पाएकी एजेन्सी म्यानेजर प्रभा ज्ञवाली, एजेन्सी म्यानेजरहरु वर्षा बन चौधरी, सिता खत्री, बिना पौडेल, गिता पाण्डेले आफ्नो अनुभव सुनाउनु भयो ।

सामुन्द्रिक देश थाइल्यान्ड इन्डोनेशियाको समुन्द्रमा भन्दा आफ्नो देश, आफ्नो परिवेशले सजिएको हाम्रो देसको यात्रामा आफ्नो पहिचान झल्किएको अनुभव कम्पनीका मार्केटिङ विभागका सिए सर दामोदर पौडेलको अनुभव छ । एलआईसि नेपाल बहुराष्ट्रिय स्तरको कम्पनी भएता पनि ब्यावसाय प्रबन्धनका लागि कम्पनीमा कार्यरत अभिकर्ताको उत्प्रेरणाको लागि विभिन्न तालिम, सेमिनार तया गोष्ठी बिभिन्न स्थान तय गर्दै कार्यक्रम गर्ने गरेको छ । स्मरणरहोस्, सुकुटे बिच एड्भेन्चरमा केही दिन पहिला नेपालको राजनीतिमा उथलपुथल भय पश्चात् माओबादी नेता पुष्प कमल दाहाल (क. प्रचण्ड) आफ्नो राजनीतिक दस्ताबेज तयार गर्न यहि रिसोर्टमा बास बसी आफ्नो पार्टीको केन्द्रीय समितिमा पेश गर्नुपर्ने दस्ताबेज तयार गरेका थिए । सो घटना पश्चात् उक्त छेत्रमा बास बस्नलाई बुकुङ लिनुपर्ने भएको रिसोर्ट सञ्चालकको अनुभूति छ ।

सुकुटेमा एलआईसी नेपालमा एक १५० जना उत्कृष्ट अभिकर्ता तथा कम्पनी उच्च व्यवस्थापकहरु सहभागी कार्यक्रममा बीमा अभिकर्ताहरुले मनोबल उच्च हुनुका साथै पुनर्ताजगी तथा घुमफिर दुवै सकेर हामी कार्य क्षेत्रमा फर्किरहेका छौं । तर, मलाई भने अझै सुकुटेकै झझल्को आइरहेको छ । हो, हामी बीमा अभिकर्ताहरुले यसरी नै बीमितहरुको मन मनमा बस्न सक्ने गरी प्रस्तुती दिँदै व्यवसाय अघि बढाउनु पर्दछ । बीमितहरुको आम्दानीको सही रुपमा, तथ्यहरुको आधारमा विश्लेषण गरेर सही परामर्श दिऔं ।

लेखक गिरी नेपाल एलआईसी नेपालको एजेन्सी म्यानेज हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*