नेपाल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन र मुनाफामा सामान्य सुधार

३० कार्तिक २०७९, बुधबार १३:००

काठमाडौं नेपालकै इतिहास बोकेको नेपाल इन्स्योरेन्स कम्पनीले प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले आज सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्ममा कम्पनीको मुनाफा १४ प्रतिशतले बढेकोछ । कम्पनीको मुनाफा १४ प्रतिशतले बढेर ७ करोड ३ लाख रुपैयाा पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ६ करो्ड १४ लाख रुपैयाँ रहेको थियो ।

समिक्षाको अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ६ प्रतिशतले २१ करोड ६० लाख रुपैयाँ रहेको छ। गत अािर्थक बर्षको सोहि अवधिमा कम्पनीले २० करोड ३५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीले कुल बीमा शुल्क आर्जन पनि २३ प्रतिशतले बढाएर ४३ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ ।
यस अवधिसम्ममा कमपनीको खुद दाबी भुक्तानी ६६ प्रतिशतले बढेर ५ करोड ६४ लाख रुपैयाँ पुराएको छ । यस त्रैमाससम्ममा कम्पनीले ३९ हजार वटा बीमा पोलिसी जारी गरेको छ ।
कम्पनीको चुक्ता पूँजी एक अर्ब ३७ करोड रुपैयाँ छ भने जगेडा कोषमा ४३ करोड ७७ लाख रुपैयाँ र महाविपत्ति कोषमा भने रकम छुट्याएको छैन ।
कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*