गुराँस लाइफको खुद नाफा ५४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

३० कार्तिक २०७९, बुधबार ११:०७

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैैमाससम्मा कम्पनीको खुद बीमा शुल्क आर्जनमा १३ दशमलव ९१ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा ८६ करोड ३३ लाख खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस त्रैमासको अवधिसम्ममा ७४ करोड ३२ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, कम्पनीको खुद मुुनाफा ५४ प्रतिशतले बढेर ६ करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ६ करोड ३५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको अभिकर्ता कमीशन ३१ प्रतिशत र व्यवस्थापन खर्च १६ प्रतिशतले बढेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ८ करोड रहेको छ । कम्पनी हाल युनियन र प्राईमसँग मर्जरको प्रकृयामा रहेको छ।

त्यस्तै, कम्पनीको जगेडामा ६४ करोड ४५ लाख संचित छ भन जीवन बीमा कोषमा १३ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीले २४ करोड १३ लाख खुद दावी भुक्तानी गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ १९ पैसा रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*