प्रभु लाइफ इन्स्योरेन्सको खुद दाबी भुक्तानी ४६८ प्रतिशतले बढ्दा अन्य सूचक खुम्चियो, बीमा कोष कति ?

३० कार्तिक २०७९, बुधबार ०९:०९

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कमपनीले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासको अवधिसम्ममा आँउदा बीमा दाबी भुक्तानी रकमको दायरा बढाँउदा अन्य वित्रिय सूचक खुम्चिन पुगेको छ।जीवन बीमा कम्पनीहरुमा जति व्यवसाय गर्यो उत्तिनै मात्रामा जोखिम भित्रिन्छ । तर बीमा दाबी भुक्तानीमा बीमा कम्पनीहरुको आनाकानी देखिन्छ । तर प्रभु लाइफले भने बीमा दाबी भुक्तानीमा कुशलता देखाएको छ ।

गत आर्थिक बर्षको तुलनमा कम्पनीको खुद दाबी भुक्तानी ४६८ दशमलव ९३ प्रतिशतले बढेर २१ करोड रुपैयाँ पुराएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३ करोड रुपैयाँ मात्र दाबी भुक्तानी गरेको थियो ।

त्यस्तै, जीवन बीमा कम्पनीहरुको लागि निकै नै महत्मपूर्ण भूमिका खोलेको जीवन बीमा कोष भने ४० प्रतिशतले बढेर ३ अर्ब २४ कारोड रुपैयाँ पुगेको छ।गत आर्थिक बर्ष बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष २ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन ७ प्रतिशतले घटेर ५१ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको ५५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनकिो खुद मुनाफा २ प्रतिशतले बढेर ३ करोड ३९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक बर्षको सोअि अवधिमा कम्पनीको खुद मुनाफा ३ करोड ३१ लाख रुपैयाँ रहेको छ।

कम्पनीको अभिकर्ता कमीशन यस त्रैमासमा २१ प्रतिशतले घटेको तथ्यांकमा देखिएको छ ।
कम्पनले प्रथम त्रैमाससम्ममा जारी बीमा पोलिसीको दायरा भने बढाएको छ। कम्पनीको जारी बीमापोलिसीको सङख्या गत आर्थिक बर्षको तुलनामा ३४ प्रतिशतले बढेर ३ लाख ६२ हजार पुगेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २ लाख ६९ लाख पोलिसी बिक्रि गरेको थियो ।

कम्पनीको हालको चुक्ता पुँजि २ अर्बै रुपैयाँ, ५२ करोड जगेडा कोषमा र महाविपत्तीको ३ करोड ८४ लाख रुपैयाँ रकम संचित रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*