स्थानीय चुनावमा बालेन र हर्कको पक्षमा अभियान चलाएका भिम उपाध्यायको उद्घोष संघीय निर्वाचनमा थुप्रै बालेनहरुलाई जन्माउँछौं

३० कार्तिक २०७९, बुधबार ०९:००

काठमाडौं । पूर्व सचिव भिम उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लौरो अभियानमार्फत यसअघि बालेन र हर्कलाई मेयर बने जसरी प्रतिनिधिसभाको निर्वाचनमा थुप्रै मानिसहरु लौरो चिन्हबाट सासद बन्ने उद्घोष गरेका छन् । पूर्व सचिव उपाध्यायले स्टाटस लेख्दै बालेन साहको लौरो १० दिनमा ब्राण्डिङ गरेर जनताको बीचमा स्थापित गरिएको स्मरण गराउँदै यस पटक पनि देशैभरिबाट लौरोको पक्षमा माहौल खडा हुँदै गइरहेको जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘गत स्थानीय चुनावको घोषणा हुनासाथ मेयर पदमा उठ्ने चाहना राखेर बालेन भाइ मसंग मेरो अनुभवका बारेमा सरसल्लाह गर्न मेरो निवास आउनु भएको थियो। पहिलो भेट करिब १–२घंटाको कुराकानी पछि मै मैले उनलाई समर्थन गर्ने निधो गरेको थिएँ।’

उपाध्यायको फेसबुकवालबाट थप भनाई,
मेरो जीवनमा कुनै पनि नेतालाई यसरी प्रत्यक्ष समर्थन मात्रै हैन अभियाननै चलाएको ब्यक्ति उनी हुन्। नेपालको राजनीतिमा जुझारू विज्ञ र इमानदार निष्कलंक र पेसा गरेर खाइरहेका राजनीतिलाई कमाउने पेशा बनाउन नपर्ने त्यागी युवाहरू आउनुपर्छ भन्ने मेरो बर्षौँ देखिको चाहना र सोचाईँ रहदै आएको हो। बालेन जीको अनुहार र सोचमा मैले त्यो ईमेज देखेर उनको समर्थनमा अभियान चलाउदै गएँ। त्यसको केही हप्तापछि बैशाख ११ गते उनले मेयरमा मनोनयन दर्ता गरे, त्यसबीचमा २र३ चोटी हामीबीच भेटघाट पनि भयो। किन को हुन यी युवा स्वतन्त्र नाम नसुनेको बालेन भन्दै दर्जनौँ मिडियाहरू मसंग अन्तर्वार्ता लिन निवासमा दैनिक लस्कर लाग्दै गयो।

त्यसको ६ दिनपछि बालेनले चुनाव चिन्ह लौरो पाए। नेपालमा मतपत्रमा न अनुहार हुन्छ, न उम्मेदवारको नाम हुन्छ, केवल चुनाव चिन्ह हुन्छ। अरू दलहरूले आफ्नो चुनाव चिन्ह दशकौँदेखि ब्राण्डेड भएकोले जो सुकै उम्मेदवार होस मतदाताले चुनाव चिन्ह हेरेर भोट हाल्ने गरेका छन्। त्यसैले जे सुकै चुनाव चिन्ह पाए पनि त्यसलाई ब्राण्डिंग नगरेसम्म चुनावमा राम्रो भोट आउन सक्दैन भन्ने नेपालीको ब्यवहारका कारण लौरोलाई ब्राण्डिंग गर्दै गएको थियो। प्राप्त १० दिनको मात्र प्रचारबाट लौरो ब्राण्डिंग हुदै गयो। देश विदेशमा रहेका नेपालीहरूको चाहना परिवर्तन थियो र युवाले आाफ्ना अभिभावकहरूलाई यसपटक मेयरमा बालेनलाई दिनु तर अरू पदमा जहॉसुकै भोट हाले हुन्छ भन्दै दबाब दिदै गए। बालेन एक स्वतन्त्र उम्मेदवारले काम गर्न सक्दैन, भोट हाल्न बेकार छ भन्ने आलोचनाहरू हुदै थियो। धेरै मिडियामा मैले बालेनले जित्छन भनेर मतदातालाई बालेनलाई भोट हाल्न अनुरोध गर्दै रहेँ। देश विदेश, मिडिया, युवाहरूले सकारात्मक पहल हुदै गयो। सबैको सहयोगले बालेनलाई विजयमाला पहिराउन सकिएको हो।

बालेन ब्यक्ति हैन परिवर्तनको बिम्ब हो, चुनाव चिन्ह लौरो प्रतीक हो। यो परिवर्तनको प्रतीक लौरो चिन्हको जगेर्ना गर्नुपर्छ भनेर मैले बालेनका पक्षमा चुनाव अभियानमा सक्रिय युवाहरूलाई दल दर्ता गर्न सुझाव दिएको थिएँ। दर्ता गरेको २१ दिनपछि मात्र प्रमाण पत्र पाएको थियो। यसको करिब १० दिनपछि रबि लामिछाने समूहले पनि नयॉ दल दर्ता गरेको थियो र उसले लौरो दल भन्दा धेरै अघि १० दिनमै घंटी चिन्हसहित दर्ता भएको प्रमाण पत्र पाएको थियो। लौरो चुनाव चिन्हबाट ुहाम्रो नेपाली पार्टीु दर्ता भएको हो। लौरो स्वतन्त्र उम्मेदवारहरू छहारी नविन राजनीतिक अभिनवको रूपमा छ। लौरो चिन्हका उम्मेदवार स्वतन्त्र हुन्छन्।

कानुनी प्रावधानका कारण, चुनाव चिन्हका कारण र समानुपातिक प्रावधानका कारणले मात्र दल खडा गरिएको हो। लौरोमा रहनु दल प्रवेश गरेको हैन।
बालेन र हर्कलाई विजयी गराउनमा लौरो चुनाव चिन्हको अहम योगदान छ। लौरो बालेन र हर्कमा सीमित रहने प्रतीक हैन। सयौँ बालेन र सयौँ हर्क देशभरि छन्, तिनको जगेर्ना गर्ने जिम्मेवारी लौरो अभियानले हाम्रो नेपाली पार्टी मार्फत गरिरहेको छ। यो दलको संगठन केन्द्रमा मात्रै छ।

बालेन र म बीच परिवर्तनको दिशामा भाइब मिलेको महसूस भएपछि मैले उनलाई जिताउन सघन अभियान सोसल मिडियाबाट गर्दै गएँ। बालेन र हर्क राजनीतिमा नलागी आफ्नो पदीय काममा सीमित हुदै लागेका छन्, राम्रो काम गरिरहेका छन्। म भने अहिले पनि लौरो अभियानमार्फत युवाहरू, स्वतन्त्र र वैकल्पिक शक्तिका पक्षमा अभियान चलाईरहेको छु।

मसंग भेट्नु अघि बालेनसंग मेरो कुनै पूर्वपरिचय थिएन, ऱ्याप संगीत मेरो चॉसोको क्षेत्र नै हैन। उनको संगीत क्षेत्रसंग म अनभिज्ञ थिएँ र अझै पनि अनभिज्ञ नै छु। मैले उनलाई पहिलो पटक भेट्दा नै मैले खोजेको सही राईट पात्रता भएको युवासंग भेट हुन पुग्यो भन्ने मनले ठान्यो र म उनका पक्षमा लगातार विजयी घोषणा नहुदासम्म होमिएँ। मेरो जिम्मेवारीको पहिलो लक्ष पूरा हुन पुग्यो।

अहिले लौरो देशभरिको परिवर्तनकामी युवाहरूको आत्मा बनिसकेको छ। यसलाई अरू चिन्हहरू भन्दा अर्थपूर्ण सिद्ध गर्न धेरै लौरो उम्मेदवारहरूलाई संसदमा छिराउनै पर्छ।
लौरो उदार र स्वतन्त्र देशप्रेमी, विकासप्रेमी, युवामैत्री युवाहरूको आत्मा एवं उर्जा बन्दैछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*