सिटिजन लाइफको जीवन बीमा कोष ५६ प्रतिशतले बढ्यो, अन्य वित्तिय सूचांक सकारात्मक

३० कार्तिक २०७९, बुधबार ०८:४९

काठमाडौं । सिटिजन लाइफले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमाससम्ममा कम्पनीले आफनो बीमा कोष थप मजबुत बनाएको छ। जीवन बीमा कम्पनीहरुमा जीवन बीमा कोषको निकै नै ठूलो भूमिका रहेको हुन्छ ।

कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोष ५६ प्रतिशतले बढेर ६ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।असोज मसान्तसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १२ दशमलव ८० प्रतिशतले बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २१ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

 

 

समिक्षा अवधिमा खुद बीमा दाबी भुक्तानी रकम ६७ प्रतिशतले बढेको छ। कम्पनीले व्यवसायको साथ साथै बीमा दाबीलाई पनि पहिलो प्राथमिकता राखेको तथ्यांकले पुष्टि गर्दछ ।

त्यस्तै, लगानी कर्जा, कमीशन आयबाट कम्पनीले ४७ प्रतिशतले बढ्दा २४ करोड ६१ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ। कम्पनीको व्यवस्थापन खर्चमा भने ह्रास आएको छ ।

समिक्षा अवधिमा जगेडा कोष २२ दशमलव ०८ प्रतिशतले वृद्धि भएको छ । अभिकर्ता कमीशनको आधारमा हेर्ने हो भने ७ प्रतिशतले घटेको तथ्यांकमा देखिएको छ।चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी ७ करोड ३ लाख रुपैयाँ खुद नाफामा रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनी ६ करोड २२ लाख मात्र नाफामा थियो । नाफा १२ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । पहिलो त्रैमासिक रिर्पोट अनुसार कम्पनीको वास्तविक मुनाफा देखिदैन । जीवन बीमा कम्पनीहरुको वास्तविक मुनाफा एक्चुरी भ्यालुएसन पश्चात् मात्रै आउछ ।

कम्पनीको जारी बीमालेख सङख्या १२ प्रतिशतले बढेको छ । कम्पनीले यस त्रैमाससम्ममा २ लाख ४० हजार बीमा पोलिसी ब्रिक्रि गरेकोछ । गत आर्थिक बर्षको सोहि अवधिमा २ लाख १४ लाख पोलिसी जारी गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*