वित्तीय विवरणमा रिलायन्स लाइफको प्रगति, झण्डै चार अर्बको जीवन बीमा कोष, आम्दानीमा बृद्धि, खर्च घट्दा इपिएस २५ रुपैयाँ माथि

३० कार्तिक २०७९, बुधबार ०८:३६

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय सूचांकमा प्रगतितर्फ अघि बढेको झल्किएको छ । कम्पनीले आज प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार झण्डै चार अर्बको शक्तिशाली जीवन बीमा कोष खडा गरेको छ भने आम्दानी उच्च अंकले बृद्धि हुँदा खर्च घटेकोछ ।

जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ । जीवन बीमा कोषले बीमितहरुले पाउने बोनस दर समेत निर्धारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । कम्पनीको जीवन बीमा कोष ३०.३० प्रतितले बृद्धि भएको छ । गत आवको यसै अवधीमा तीन अर्ब दुई करोडको जीवन बीमा कोष रहेकोमा चालु आवको तीन महिने समीक्षा अवधीसम्ममा तीन अर्ब ९३ करोड ७२ लाख ४५ हजार रुपैयाँको शक्तिशाली जीवन बीमा कोष बनाउन सफल भएको देखिएको छ ।

कम्पनीको महाविपत्ति कोष, जगेडा कोषसहित कूल कोषको आकार चार अर्ब ३५ करोड नाघेको छ । दुई अर्ब १० करोड चुक्ता पुँजि भएको कम्पनीको खुद बीमा शुल्क आम्दानी ७२ करोड ९९ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको खुद बीमा शुल्क सामान्य अंकले बृद्धि भएको छ ।

त्यस्तै खुद दावी भुक्तानी १४ करोडबाट बढेर २६ करोड पुगेको छ । नयाँ कम्पनी भएकोले दावी भुक्तानीमा ठूलो बृद्धि भएको देखिएको हो ।

कम्पनीले कर्जा लगानी, बीमालेख धितोमा लगानी तथा अन्य लगानीबाट प्राप्त आम्दानीमा ४५.२४ प्रतिशतले बृद्धि गरी ११ करोडबाट १६ करोड ६० लाख ७५ हजार पुगेको छ । त्यस्तै, कम्पनीको व्यवस्थापन खर्च घटेको छ । गत आवमा ११ करोड रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले चालु आवको तीन महिनामा जम्मा नौ करोड ४५ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीको अभिकर्तालाई दिने कमिशन पनि घटेको छ । गत आवको तीन महिनामा १३ करोड रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवको तीन महिनामा नौ करोड ९२ लाख रुपैयाँ अभिकर्तालाई वितरण गरेको छ ।

कम्पनीको खुद नाफा चार करोडबाट बढेर १३ करोड ७८ लाख पुगेको छ । मुनाफामा भएको बृद्धिका कारण प्रतिशेयर आम्दानी समेत २५.१० रुपैयाँ नेवटर्थ १२०.१३ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३०७.६२ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*