नेपाल लाइफद्धारा विलम्ब शुल्क छुटमा म्याद थप, बीमितले मंसिर २९ गतेसम्म नविकरण गर्दा ३५ प्रतिशत सम्म छुट पाउने

३० कार्तिक २०७९, बुधबार ०८:२४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विलम्ब शुल्क छुटमा पुनःम्याद थप गरेको छ । कम्पनीले एक महिनाको अवधि पुनः थप गरेको हो ।

कम्पनीका अनुसार बीमितहरुले अब मंसिर २९ गतेसम्म नविकरण बीमा शुल्क भुक्तानी गर्दा बिलम्ब शुल्कमा ३५ प्रतिशत छुट पाउनेछन् ।

कम्पनीका बीमितहरुले यसअघि भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरी २०७७ कात्तिक १५ गतेदेखि गत कात्तिक १४ गतेभित्र ब्यतीत भएका सम्पूर्ण बीमालेखहरुमा कात्तिक ३० गतेसम्म छुट प्रदान गरिएकोमा उक्त छुटको म्याद मंसिर २९ गतेसम्म पुनः थप गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*