१२ अर्बको जीवन बीमा कोष बनाउँदै अघि बढ्यो युनियन लाइफ, अधिकांश सूचांकमा प्रगति
काठमाडौं । युनियन लाइफले चालु आवको तीन महिनाको वित्तीय विवरण आज प्रकाशन गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले १२ अर्ब ३२ करोड ७४ लाख चार हजार ७९९ रुपैयाँको शक्तिशाली जीवन बीमा कोष बनाउन सफल भएको छ ।
नयाँ कम्पनी भएर पनि १२ अर्बको शक्तिशाली जीवन बीमा कोष खडा गर्ने युनियन लाइफ पहिलो कम्पनी हुन पुगेको छ । कम्पनीको जीवन बीमा कोष ४३.६४ प्रतिशतले बृद्धि भएको छ ।
कम्पनीको खुद बीमा शुल्क आम्दानी १.९ प्रतिशतले बृद्धि भई एक अर्ब ८६ करोड ४८ लाख ३६ हजार ६९२ रुपैयाँ पुर्याउन सफल भएको छ । आर्थिक संकटका बीच पनि युनियन लाइफले गरेको उल्लेख्य प्रगतिको रुपमा लिन सकिन्छ । आज प्रकाशित वित्तीय विवरणमा कम्पनीको मुनाफा केही घटेको छ । गत आवको यसै अवधीमा तीन अर्ब ४४ करोड रुपैयाँ मुनाफा कमाएको कम्पनीले चालु आवको तीन महिनामा दुई करोड ७८ लाख ३१ हजार ५१८ रुपैयाँ मुनाफा आर्जन गरेको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याकनको क्रममा हेरफेर हुनेछ ।
कम्पनीको खुद दावी भुक्तानी घटेको छ । गत आवको यसै अवधीमा ६२ करोड दावी भुक्तानी गरेको कम्पनीेले चालु आवको समीक्षा अवधीमा ६१ करोड ८४ लाख ७१ हजार ३५६ रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ५.१८ रुपैयाँ र प्रति शेयर कूल सम्पत्तिको मूल्य ७८२.३८ रुपैयाँ रहेको छ ।