राष्ट्रिय बीमा कम्पनीको आम्दानी दोब्बर, नाफा घट्यो, अन्य अवस्था कस्तो ?

२९ कार्तिक २०७९, मंगलवार ०७:०७

काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीको आम्दानीमा उल्लेख्य मात्रामा बृद्धि भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गर्दै खुद बीमा शुल्क आम्दानी दोब्बरभन्दा बढि बनाउन सफल भएको छ । गत आवको तीन महिनामा जम्मा ७ करोड ३६ लाख ४२ हजार रुपैयाँ खुद बीमाा शुल्क संकलन गरेकोमा चालु आवको तीन महिनामा १५ करोड ८२ लाख ५२ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीको कूल बीमा शुल्क आम्दानीमा पनि छलाङ मारेकोछ । गत आवको तीन महिनामा ४४ करोड ६७ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको तीन महिनामा एक अर्ब १३ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । कम्पनीमा नयाँ सिईओको प्रवेशसँगै आम्दानीमा उछाल आएको हो ।

कम्पनीको मुनाफा भने केही घटेको छ । गत आवको तीन महिनामा छ करोड २० लाख ८७ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको तीन महिनामा पाँच करोड ३८ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीको व्यवस्थापन खर्च केही घटेको छ । त्यस्तै, कर्जा, लगानी र अन्य बाट प्राप्त आम्दानी बढेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २०.२० रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २३९०.०१ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*