एनएलजी इन्स्योरेन्समा रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनएलजी इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
इन्स्योरेन्सले म्यानेजर लेभल, अफिसर लेभल र असिस्टेन्ट लेभलका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सो लेभल अन्तर्गतका मार्केटिङ।अन्डरराइटिङ क्लेमका लागि नेपालगन्ज, पोखरा, विरगंज, विराटनगर, ललितपुर र भैरहवा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
सो पदहरुका लागि कम्पनीले न्यूनतम स्नातक तह उत्तीर्णदेखि अधिकतम स्नाकोत्तर तह उत्तीर्णसम्म शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले ७ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको इमेलमार्फत दरखास्त दिन सक्नेछन् ।
आवेदन दिन चाहने महानुभावहरुले कम्पनीको इमेल ठेगाना [email protected], [email protected]
अथवा कुनै जिज्ञाशा भएमा ०१४००६६४८ मा सम्पर्क गर्नुहोला ।