बजारमा बिक्री वितरण भएका भिटामिन औषधी गुणस्तरहिन, तत्कालै फिर्ता गर्न निर्देशन

२८ कार्तिक २०७९, सोमबार ०७:५८

काठमाडौं । नेपाली बजारमा बिक्री वितरण भइरहेको भिटामिन डि३ र क्याल्सियम कार्बोनेट भएका औषधीहरु गुणस्तरहिन भएको पाइएको छ । नेपालकै चर्चित लोमस फर्मास्युटिकलले उत्पादन गरेको भिटामिन सि ट्वावलेट समेत गुणस्तरहिन फेला परेपछि औषधी व्यवस्था विभागले फिर्ता गर्न निर्देशन दिएकोछ ।

विभागले हिजो जारी सूचनामा लोमस फर्मास्यूटिकल्सले उत्पादन गरेको अस्भिट (भिटामिन सि ट्वावलेट आईपी) औषधीको एक २१२१ ब्याच नं गुणस्तरहिन भएको जनाएको हो ।

त्यस्तै, रुपन्देहीमा रहेको बायोगेन रेमेडिजले उत्पादन गरेको क्याल्सियम तथा भिटामिन मिश्रित औषधी बायोकल डि नामक औषधी गुणस्तरहिन भएको पुष्टि गरेकोक छ । सो औषधीमा भिटामिन डि३ को मात्रा नै नभेटिएको जनाएको छ ।

विभागले दुवै औषधीलाई बजारबाट तुरुन्त फिर्ता गर्न कम्पनीहरुलाई निर्देशन दिएको जनाएको छ । साथै सर्वसाधारणलाई सो कम्पनी सम्बद्ध उल्लेखित ब्याच नं का औषधीहरु सेवन नगर्न भनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*