डिसहोमको १००% सेवा डिलर र एजेन्टमार्फत, कष्ट र सास्ती व्यहोर्दै सर्वसाधारण

२७ कार्तिक २०७९, आईतवार १८:३६

काठमाडौं । नेपालको चर्चित इन्टरनेट र टेलिभिजन सेवा प्रदायक डिसहोमले आफना सबै सेवाहरु डिलर र एजेन्टमार्फत दिइरहेको खुलेको छ । आफ्नै वितरण च्यानल नभई शतप्रतिशत ब्रोकरको भरमा चलेको डिसहोमका सेवाग्राहीहरुले समस्या भोग्ने गरेका छन् ।

देशव्यापी प्रशारणका माध्यमहरुमार्फत स्याटेलाइट टिभी र इन्टरनेट सेवा प्रदान गर्दै आएको डिसहोम दर्जनौं डिलर (ब्रोकर कम्पनी) मार्फत सर्वसाधारणमा सेवा पुर्याउँदै आएको तर डिसहोमको आफैले सेवा प्रवाह नगर्दा उपभोक्ताहरुले सजिलै सेवा पाउन नसकेको गुनासो गरेका छन् ।

नेपालमा केवलमार्फत इन्टरनेट र स्याटेलाइटमार्फत टेलिभिजन सेवा दिँदै आएको डिसहोमको आफ्नो वितरण च्यानल समेत छैन । राजधानी काठमाडौंसहित देशैभरिका शहरहरुमा डिलरमार्फत नयाँ ग्राहक, मर्मत सेवा प्रदान गर्दै आइरहेको छ । बार्षिक अर्बौ रुपैयाँको कारोबार गर्दै आएको डिसहोमको आफ्नै वितरण च्यानल शून्य छ भन्दा अचम्म लाग्न सक्छ । यो यथार्थ हो । यति मात्रै होइन डिसहोमको इन्टरनेट सेवा प्रदान गर्ने डिस नेटको सिष्टमको नियन्त्रणसमेत डिलरको हातमा रहेको छ । सेवाग्राहीले टेलिफोनमार्फत सेवा अपग्रेड गर्न चाहेमा कम्पनी आफैले परिवर्तन गर्न सक्दैन बरु डिलरमै निर्भर रहेको छ ।

डिसहोमले देशैभरि आफ्ना कुनै पनि सेवा कार्यालय नरहेको जनाएको छ । यसअघि टेलिभिजनमा अनलाईन रिचार्ज कार्ड बनाए सेटबाटै रिचार्ज गर्ने व्यवस्था मिलाएको थियो । टिभीको एजेन्टमार्फत बिक्री र एजेन्टबाटै मर्मत गराउँदैआएको छ । अहिले देशैभरि डिलरमार्फत काम गराउँदै आएको छ ।

आफ्नो नियन्त्रणमा केही नराख्ने, सबै काम बिचौलियामार्फत गराउने डिसहोममार्फत सेवाग्राहीले आफूले पाउँदै आएको सेवा परिवर्तन गर्न नसक्ने खुलेकोछ । डिसहोमबाट लिएको इन्टरनेटको क्षमता (स्पीड) बढाउनु पर्यो भने डिसहोममा सम्पर्क गरेर सम्भव छैन । त्यसको लागि डिलरलाई नै सम्पर्क गर्नुपर्ने हुन्छ । केही डिलरहरुले राजधानी बाहिर समेत राखेर काम गराइरहेका कारण सेवाग्राहीले झन्झटिलो सेवा लिन बाध्य भएका छन् ।

नयाँ इन्टरनेट जडान गर्नुपरेको अवस्थामा पनि डिसहोममा फोन गर्नुभयो भने उक्त सूचना डिसहोमको कल सेन्टरबाट डिलरमा पठाएर मात्रै जडान सम्भव हुने गरेको छ । सेवाग्राहीले कल सेन्टरमा फोन गरेपछि डिसहोमका कर्मचारीहरुले ब्रोकर कम्पनीलाई नयाँ डिसहोम जडान गर्न चाहनेको सूचना दिने गर्दछन् । त्यसरी सूचना पाएपछि डिसहोमको डिलरबाट सेवाग्राहीलाई फोन जान्छ । फेरि अर्को जडान गर्नेल फोन गर्नेछन् । एक पीडितले दिएको गुनासो अनुसार डिसहोमको एउटा सेवा दिन पाँच ठाउँभन्दा बढिबाट कल आउने गर्दछ । यसरी आउने अनावश्यक कलका कारण सेवाग्राहीहरुले डिस्टर्व हुने गरेको पीडितहरुको गुनासो छ ।

बीमापोष्टको सम्पर्कमा आएका एक डिसहोमका सेवाग्राहीले आफू डिलरसँग समन्वय नगर्ने र कम्पनीबाट सिधैं सेवा लिन चाहेको भन्दै आग्रह गर्दा त्यसरी सेवा नपाइने र डिसहोमको डिलर, एजेन्टमार्फत सेवा नलिए बन्द गर्न सूचना दिने गरेका छन् । सूचना प्रविधि क्षेत्रमा आफ्नै वितरण प्रणाली नराखी, सिष्टमको कन्ट्रोल समेत ब्रोकरलाई दिएर सेवा प्रवाह गरिरहेको सम्बन्धमा नियामक निकाय नेपाल दुरसञ्चारले चासो देखाएको छ । दुरसञ्चार प्राधिकरणका एक अधिकारीले भने, ‘सार्वजनिक कम्पनीले डिलरबाट मात्रै काम गराउने भन्ने कुरा पत्याउन सकिएन हो रहेछ भने छानविन हुन्छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*