इन्स्योरेन्स इन्स्टिच्युट नेपाल र निप्स, लुम्बिनी प्रदेशद्धारा म्यानेजर तालिम सम्पन्न, ७६ शाखा प्रमुख सहभागी
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको आयोजनामा नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स), र लुम्बिनी च्याप्टरको समन्वयमा म्यानेजर तालिम सम्पन्न भएको छ । उक्त तालिम कात्तिक २५ र २६ गते महाराजा रिसोर्ट, बुटवलमा दुई दिवसीय तालिम सम्पन्न भएको हो ।
नेपाल बीमा प्राधिकरणका निर्देशक सुशिल देव सुवेदीको प्रमुख आतिथ्यतामा सो तालिम कार्यक्रम संचालन भएको थियो । उक्त तालिम कार्यक्रममा लुम्विनी प्रदेश साथै धनगढी शाखामा कार्यरत जीवन तथा निर्जीवन बीमा कम्पनीमा कार्यरत ७६ जना शाखा प्रमुख, क्षेत्रीय प्रमुख तथा प्रदेश प्रमुखहरुको सहभागीता रहेको थियो ।
बीमाकर्मीहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने हेतुले आयोजित उक्त कार्यक्रममा प्रशिक्षकहरुका रुपमा नेपाल बीमा प्राधिकरणका निर्देशक एवं बीमा ऐन २०७९ का मस्यौदाकार शुशिल देव सुवेदी, लुम्बिनी वाणिज्य क्याम्पसका एशोसिएट प्रोफेसर राजेन्द्र लम्साल, रिस्क एनालिष्ट उदय राज अधिकारी रहेका थिए । सो कार्यक्रममा व्यवस्थापकीय सीप, संस्थागत सुशासन, सम्पत्ती शुद्धिकरण तथा निवारण ऐन साथै जोखिम व्यवस्थापन लगायत विषयमा तालिम संचालन भएको थियो ।
उक्त कार्यक्रममा इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लि.बाट सहभागी भएका तालिम संयोजक गणेश शर्माले कार्यक्रमको प्रभावकारिताका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको अध्यक्षता निप्स लुम्बिनी प्रदेशका अध्यक्ष विश्व दिपक नेपालले गरेका थिए । समापन समारोहमा बोल्दै अध्यक्ष नेपालले बीमा सेवामा विश्वसनियता अभिवृद्दि गर्न बीमाकर्मीहरुले ग्राहक तथा आम जनसमुदायमा सचेतना कार्यक्रम तथा स्वस्थ प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न भुमिका निर्वाह गनुपर्ने बताएका थिए । कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक विक्रम कंडेलले राखेका थिए । साथै कार्यक्रम संचालन निप्स लुम्बिनी च्याप्टरका महासचिव रोहिणी श्रेष्ठले गरेका थिए ।