शिखर इन्स्योरेन्सले १८औं वार्षिकोत्वसको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम गर्दै

२७ कार्तिक २०७९, आईतवार १४:५९

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले आफ्नो १८औं वार्षिकोत्वसको अवसरमा राष्ट्रब्यापि रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
कम्पनीले यहि कात्तिक २७ गतेदेखि मंसिर २ गतेसम्म सातै प्रदेशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो ।

कम्पनीले प्रदेश नं. १ मा मंसिर १ गते विभिन्न स्थानमा रक्तदान कार्यक्रम गर्ने भएको छ । जसमा विराटनगर, इटहरी र विर्तामोडमा शिखर इन्स्योरेन्सले बिहान ८ बजेदेखि ११ बजेसम्म कार्यक्रम आयोजना गर्नेछ । त्यस्तै, प्रदेश नं. २ को वीरगंजमा कम्पनीले कात्तिक २७ गते बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म शिखर इन्स्योरेन्स विरगंज कार्यालय आदर्शनगरमा रक्तदान कार्यक्रम आयोजना गर्नेछ ।

साथै प्रदेश नंं. ३ को काठमाडौं र भक्तपुरमा मंसिर २ गते र चापागाउँमा कात्तिक २७ गते र साँखुमा मंसिर १ गते कार्यक्रम संचालन गर्ने जनाएको छ । त्यस्तै, प्रदेश ३ कै उपत्यका बाहिरका अन्य ४ क्षेत्रहरुमा पनि कम्पनीले रक्तदान कार्यक्रम अयोजना गर्ने भएको छ । जसमा माडीमा कात्तिक २७ गते, भरतपुरमा कात्तिक २८ गते, टाँडीमा मंसिर २ गते र नुवाकोटमा कात्तिक २९ गते आयोजना गरिनेछ ।

त्यस्तै प्रदेश नं. ४ को पोखरामा कात्तिक २९ गते र कावासोतीमा कात्तिक २९ गते आयोजना गरिनेछ । साथै प्रदेश ५ अन्तर्गत दाङमा कात्तिक ३० गते, नेपालगंजमा मंसिर १ गते र बुटवलमा कात्तिक ३० गते आयोजना गरिनेछ ।

साथै कम्पनीका अनुसार प्रदेश नं. ६ को सुर्खेतमा कात्तिक २८ गते र जुम्लामा मंसिर २ गते हुनेछ भने पू्रदेश नं. ७ को धनगढीमा कात्तिक २७ गते र महेन्द्रनगरमा कात्तिक २८ गते सो कार्यक्रम आयोजना गरिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*