नेपाल बीमा प्राधिकरणद्धारा मुद्दती निक्षेपमा लगानी गर्न बैंकहरुलाई आग्रह
२७ कार्तिक २०७९, आईतवार १४:३७
काठमाडौं । नेपाल बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्न सिलबन्दी प्रस्ताव पेस गर्न आग्रह गरेको छ । प्राधिकरणले एक सुचना प्रकाशित गदै ईच्छुक बैंकलाई प्रस्ताव आह्वान गरेको छ ।
प्राधिकरणले बैंक मौज्दात समितिको लगानी नीति अनुसार विभिन्न वाण्ज्यि बैंक तथा विकास बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने व्यबस्था भए बमोजिम इच्छुक बैंकहरुले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी तपशिल विवरणहरु खुल्ने गरी १५ दिनभित्र सिलबन्दी दरभाउपत्र पेस गर्न आह्वान गरेको छ ।