युनाइटेड इन्स्योरेन्सकी सिईओ उपासना पौडेलको राजिनामा स्वीकृत, सुवेदीले पाए कामु सिईओको जिम्मेवारी

२७ कार्तिक २०७९, आईतवार १२:०३

काठमाडौं । बीमा क्षेत्रकै पहिलो महिला सिईओको राजिनामा स्वीकृत भएको छ। युनाइटेड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिईओ) उपासना पौडेलको राजिनामा स्वीकृत भएको हो ।
कार्तिक २५ गते शुक्रवार साँझ ४ बजे बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

पौडेलले असोज पहिलो साता सञ्चालक समितिलाई राजिनामा दिएकी थिइन् । तर संचालक समितिको बैठकले उनलाई भोलिदेखि राजिनामा हुने गरि स्विकृत गरेको हो ।  त्यस्तै, कम्पनीको संचालक समितिको बैठकले रिक्त रहेको सिईओ पदको लागि हाल कायम गर्न कम्पनीका महाप्रवन्धक नविन सुवेदीलाई कामु सिईओको जिम्मेवारी सुम्पिदिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*