काठमाडौं महानगरपालिकामा रोजगारको अवसर, शैक्षिक योग्यता कति ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले रोजगारीको अवसर खुलाएको छ । माहानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै उद्यम विकास सहजकर्ता पदका लागि कर्मचारी मागेको हो ।
महानगरपालिकले गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम सञ्चालन २०७७ को दफा ५ बमोजिम आर्थिक वर्ष २०७९र८० का लागि १ जना उद्यम विकास सहजकर्ता करारमा पदपूर्ति गर्ने महानगरले जनाएको छ ।
उक्त पदमा आवेदन दिनका लागि प्राविधिक शिक्षा र व्यवसाय तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी डिप्लोमा कोर्स उत्तीर्ण गरेको वा सोही परिषद्बाट उद्यम विकास सहजकर्ता सीप परीक्षण तह २ वा ३ उत्तीर्ण गरेको वा परिषद्बाटै उद्यम विकास सहजकर्ता सम्बन्धी प्राविधिक प्रवेशिका परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।
इच्छुक तथा अनुभवी नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाण्डौं महानगरपालिका, समाजिक विकास विभागमा दरखास्त दिन महानगरपालिकले अनुरोध गरेको छ ।