आइसल्याण्ड भ्रमणबाट राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

२६ कार्तिक २०७९, शनिबार १३:३७

काठमाठौं । आइसल्याण्डको भ्रमण गरेर राष्ट्रपति विद्या भण्डारी स्वदेश फर्किएकी छन् । उनी शनिबार बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन् ।

त्यहाँ उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले स्वागत गरे । राष्ट्रपति भण्डारीले आइसल्याण्ड भ्रमणका क्रममा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी थिइन् ।

आइसल्याण्ड भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न देशका राजनीतिज्ञसँग पनि भेट गरेकी थिइन् । आइसल्याण्डमा ‘वुमन पोलिटिकल लिडर्स्’को कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मानव अधिकार, समानता र भेदभावरहित सिद्धान्तहरूलाई अंगीकार गर्दै नेपालले समानता र न्यायपूर्ण समाज निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक प्रबन्धहरूमा लगानी गरिरहेको बताएकी थिइन् ।

नेपालले संघीय र प्रादेशिक विधायिकाहरूमा एक तिहाई महिला प्रतिनिधि सुनिश्चित गरेको, यसका लागि आवश्यक संवैधानिक व्यवस्था गरेको बताइन् । उनी गत सोमवार आइसल्याण्ड गएकी थिइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*