मर्जर प्रकृयामा रहेका बीमा कम्पनीहरुसँग बीमा प्राधिकरणको छलफल
काठमाडौं । बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई छलफलको लागि नेपाल बीमा प्राधिकरण बोलाएर छलफल गरेको छ। बीमा कम्पनीहरुमा हाल भईरहेको मर्जरको प्रकृया कुन आधारमा अघि बढिरहेको छ र आगामी दिन कसरी अघि बढ्ने तरखरमा रहेको छ भन्ने बिषयमा छलफल गरिएको थियो ।
प्राधिकरणले मर्जर तथा एक्विजिसनमा जान लागेका बीमा कम्पनीहरुलाई बोलाएर छलफल गरेको हो । मर्जरको तयारी बुझ्न बीमा कम्पनीको सिइओलाई छलफलको लागि बोलाएको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए। तत्कालिन बीमा समितिले मर्जरको लागि १९ कम्पनीले सौद्धान्तिक सहमति दिएको हो।
जसमध्ये चार निर्जीवन बीमा कम्पनी मर्ज भई एकीकृत कारोबार सुरू गरिसकेका छन्। अन्य १५ बीमा कम्पनीले एकीकृत कारोबार सुरू गरेका छैनन्। नौ जीवन र ६ निर्जीवन बीमा कम्पनी हालसम्म मर्जको लागि सहमति गरेका छन्।
‘मर्जरको सहमति पाएका कम्पनीका सिइओहरुसँग छलफल गरिएको हो ,’ उनले भने, ‘मर्जको प्रक्रिया कहाँ पुग्यो? किन ढिलाई भइरहेको छ लगायतका विषयमा छलफल भएको उनले बताए ।’
साथै हिजोको छलफलमा गुराँस लाइफ, युनियन र प्राईमलाई मर्जरको बिषयमा आज के गर्ने भन्ने उत्तर सहित बीमा समितिमा पेश गर्ने बिषयमा छलफल भएको छ।
केही बीमा कम्पनीले एकीकृत कारोबार सुरू गर्ने भनेको मिति सारिरहेकाले छलफलको लागि बोलाएको पौडेलले बताए। तत्कालिन समितिले बीमा कम्पनीलाई पुँजी वृद्धि गर्न निर्देशन दिएको छ।
गत चैत १० मा जीवन बीमा कम्पनीले न्यूनतम ५ अर्ब र निर्जीबन बीमा कम्पनीले न्यूनतम साढे २ अर्ब रूपैयाँ चुक्ता पुँजी पु¥याउनु पर्ने निर्देशन जारी गरेको छ। तोकिएको पुँजी पु¥याउनका लागि समितिले कम्पनीहरुलाई एक वर्षको समय दिएको छ।
हाल जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी न्यूनतम २ अर्ब र निर्जीबन बिमा कम्पनीहरुको १ अर्ब रूपैयाँ छ।