नेपाल रिलाई दुई बर्षमै एसियाको नमुना पुनर्बीमा कम्पनी बनाउन सकिन्छः पुरुषोत्तम सुवेदी
नेपालको बीमा क्षेत्रमा ३० बर्ष भन्दा लामो समय काम गरेका पुरुषोत्तम सुवेदीले नेपाल पुनर्बीमा कम्पनीमा स्वतन्त्र विज्ञ सञ्चालक भएर पनि काम गरे । साथै, नेपाल पुनर्बीमा कम्पनीको कार्यबाहक अध्यक्ष भएर समेत उनले काम गरे । सो क्रममा उनको पालामा नेपाल रिले के कस्तो उपलब्धी हासिल गर्यो त ? या, कम्पनीले के कस्ता चुनौती सामाना गर्न पर्यो ? प्रस्तुत छ, सोही बिषयबस्तुमा केन्द्रीत भएर उनै सुवेदीसँग गरेको कुराकानीको अंश
नेपाल पुनर्बीमा कम्पनीको कार्यबाहक अध्यक्ष र स्वतन्त्र विज्ञ सञ्चालकको रुपमा काम गर्नु भयो । त्यो क्षणलाई कसरी सम्झनु हुन्छ ?
मैले कार्यबाहक अध्यक्षको रुपमा एकदमै छोटो समय काम गरेको हो । स्वतन्त्र विज्ञ सञ्चालक भएर त लामै समय काम गरे । म बीमा क्षेत्रमै लामो समयसम्म काम गरेको व्यक्ति पनि हुँ । त्यो अवस्थामा मसँग बीमा र पुनर्बीमा सम्बन्धी ज्ञान पनि राम्रो थियो । त्यस कारण मलाई नेपाल रिमा स्वतन्त्र विज्ञ सञ्चालक र कार्य बाहक अध्यक्ष भएर काम गर्न सहज पनि भयो । समग्रमा मैले नेपाल रिमा बसेर आफ्नो जिम्मेवार सकेजति राम्रोसँग निर्वाह गर्ने प्रयास गरे, आफैलाई रिग्रेड (पछुतो) हुने गरि कुनै पनि काम गरिने । साथै, मेरो पदीय हैसियत भन्दा बाहिर गएर काम गरिन ।
तपाईको पालामा भएको कम्पनीका उपलब्धीहरु केही छन् कि ?
बिशेषगरि मेरो पालामा एभिएसन (एयरलाइन्स) बीमाको लागि पुल स्थापना भयो । त्यो नै महत्वपूर्ण उपलब्धीको रुपमा लिएको छु । पहिला एभिएसन बीमामा एक किसिमको सिन्डीकेट जस्तै थियो । विश्वबजारमै यस्तो बीमा गर्न कतै पनि फ्रि छैन । किनकी, यसमा स्कोप सिमित छ भने दायित्व असिमित छ । त्यसकारण एभिएसन बीमा गर्न एकदमै गाह्रो हुन्छ । नेपालमा राष्ट्रिय बीमा संस्थानले नेपाल एयरलाइन्सको बीमा गर्ने गरेको थियो । तर, पछि निजी बीमा कम्पनीको उदय भएपछि त्यसमा केही चलखेल भने भए जस्तो लाग्छ ।
खासगरि यहाँका बीमा कम्पनीले एभिएसनमा एजेन्टकै भुमिका निर्वाह गर्ने हो । सर्टेन जोखिम आफुले राखेर बाँकी पुनर्बीमा मार्फत बाहिर पठाउने गरिन्थ्यो । त्यसमार्फत बीमा कम्पनीलाई सर्टेन कमिशन पनि आउथ्यो होला, सोही कमिशनका कारण एभिएसन बीमामा बिभिन्न चलखेल थियो जस्तो लाग्छ । त्यो अवस्थामा मैले नेपालमै एभीएसन बीमा गर्ने क्षमता विकास गर्नुपर्छ भनेर एभीएसन बीमा पुलको बनाउन प्रस्ताव अघि बढाएमा । र, त्यसमा बीमा कम्पनीहरुलाई सहमती गराएर पुल खडा गरेऊ, त्यसको सचिवालय शिखर इन्स्योरेन्सको कार्यालयमै छ । बिशेषगरि कन्स्योटीयम मार्फत हवाई जहाजहरुको बीमा गर्ने गरि उक्त पुल बनाएका हौं । उक्त पुलमा बीमा कम्पनीहरुको ६० र नेपाल रिको ४० प्रतिशत स्वामित्व छ । सोहीअनुसार आम्दानी, खर्च र नाफा बाँडफाँड हुन्छ । अहिले एभिएसन पुलले ठुलो ब्रोकरसँग सहकार्य गर्ने तयारीमा पनि छ होला ।
मेरो पालामा अन्य काम पनि भयो, तर मुख्य उपलब्धी भने यो नै हो । तर, यसको जस्ट म आफु मात्र लिन चाहान्न । यसको पछाडी सरकार, बीमा समिति, अन्य बीमा कम्पनीहरु, नेपाल रिका सञ्चालक तथा सम्पुर्ण कर्मचारीको पनि महत्वपुर्ण योगदान छ ।
तत्कालिन समयमा (तपाईको पालामा) नेपाल रिलाई के कस्तो चुनौती थिए ।त्यसबेला प्रत्यक्ष भन्दा पनि अप्रत्यक्ष (अनसिन) चुनौती धेरै थियो । तत्कालिन समयमा नयाँ कम्पनीका लागि अनफेयर चलखेल भएको थियो । त्यो हाम्रो हातमा पनि थिएन, किनकी हामी सरकारी स्वामित्वको कम्पनी मात्रै हो । सरकारनै त होइन । यसरी नेपाल रिका अर्काे पुनर्बीमा कम्पनी थपिनु पक्कै पनि चुनौती कै बिषय हो ।
यस्तै, नयाँ व्यवसाय रिप्लेस गर्दा ब्रोकरको चलखेल पनि हुन्थ्यो । त्यसलाई रोक्न पनि निकै चुनौती भएको थियो । अन्ततः त्यसलाई रोक्न हामी सफल भयौ । यस्तै, यहाँ बीमा कम्पनीहरु पनि विदेशी पुनर्बीमा कम्पनीहरुसँग काम गर्न चाहान्थे । त्यो पनि नेपाल रिको लागि एक ठुलो चुनौती थियो । सम्भवत यो समस्या अझै पनि छ जस्तो लाग्छ ।
तत्कानिल समयमा बीमा समिति र सरकारबाटको कत्तिको सहयोग कस्तो पाउनु भयो ?
सरकार र बीमा समितिबाट सहयोग भयो भन्ने कि भएन भन्ने । नीतिगत रुपमा सरकार र बीमा समितिबाट सहयोग त भएकै हो । तर, व्यवसायीक (प्राफेसनल्ली) रुपमा भने अपेक्षाकृत सहयोग भएन । सरकार र बीमा समितिले सरकारी कम्पनीलाई अल्ली बढी प्रोत्साहित गर्नुपर्ने हो, जुन त्यति भएन । साथै बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीमा बीमा समितिको नीतिगत रुपमा हस्तक्षेप बढी छ । सञ्चालक, सीईओ, कर्मचारी नियुक्तीमा समितिको स्वीकृति अनिवार्य चाहिन्छ । यो अल्ली बढी भए जस्तो लाग्छ । साथै, पछिल्लो पटक त सरकारले अर्काे पुनर्बीमा नै थपेर नेपाल रि प्रति अन्याय गरेको छ ।
अर्थ मन्त्रालय, बीमा समिति, कम्पनीको सञ्चालकमा जुन दिन प्रोफेस्नल व्यक्ति आउछन्, त्यसपछि यो कम्पनीले राम्रो काम गर्न सक्छ । दुई बर्षमै नेपाल रिलाई एसियाकै नमुना पुनर्बीमा कम्पनी बन्छ । नेपाल रिको हैसियत त्यो हो । तर, त्यसको लागि कर्मचारी समेत प्रोफेस्नल्ली हुन आवश्यक छ । साथै, सञ्चालक, उच्च व्यवस्थापन समुह तथा समग्र कम्पनीलाई पनि स्वायत्त बनाउनुपर्छ । तसर्थ, सरकार र बीमा समितिले यस बिषयमा ध्यान दिन आवश्यक छ ।
तत्कालीन समयमा नेपाल रिको व्यवसाय कस्तो थियो ? विदेशी कम्पनीको यस प्रतिको आर्कषण कस्तो थियो ?
बीचमा यो एउटा नेपालको साझा पुर्बीमा कम्पनी जस्तो पनि भयो । त्यो अवस्थामा विदेशी ब्रोकरहरुले नेपालमा व्यवसाय गर्न सिधैं नेपाल रिसँग डिल गर्ने गर्दथे । समग्रमा अन्तरराष्ट्रिय बीमा, पुनर्बीमा कम्पनी तथा ब्रोकरहरुले नेपाल रिलाई पत्ताएका थिए । बिशेषगरि अरब, अफ्रिका, एसिया क्षेत्रका कम्पनीले नेपाल रिलाई पत्ताएका थिए । साथै, व्यवसाय पनि राम्रै थियो । समग्रमा तत्कालिन समयमा नेपालको व्यवसाय राम्रो थियो । साथै, विदेशी कम्पनीको आर्कषण पनि राम्रो थियो ।
अब नेपाल रिले के कसरी काम गर्नुपर्छ होला ? तपाईको सुझाव के छ ?
अब नेपाल रिले प्रोफेस्नल्ली र पायोनियर कम्पनीको रुपमा काम गर्नुपर्छ । साथै, नेपालको झण्डा बाहक कम्पनीको रुपमा नेपाल रिले विदेशी बजारमा व्यापाक मात्रामा काम गर्नुपर्छ । त्यो च्यालेन्ज नेपाल रिलाई छ र उक्त च्यालेन्ज पुरा गर्ने गरि कम्पनीले काम गर्नुपर्छ ।
यस्तै, व्यवसायीक ब्रोकर, राम्रो कम्पनीसँग मात्रै नेपाल रिले काम गर्नुपर्छ । साथै, अन्डरराइटीङ र दावीको पाटोलाई पनि कम्पनीले बलियो रुपमा अघि बढाउनुपर्छ । साथै, कम्पनीका कर्मचारीहरुको व्यवासयीक विकासमा समेत कम्पनीले ध्यान दिनुपर्छ ।
यस्तै, नेपालमा रिमा जनताको पनि लगानी छ । उनीहरुको लगानी पनि सुरक्षित गर्नुपर्ने हाम्रो चुनौती हो । पुनर्बीमामा राम्रोसँग काम गर्न सकिएन भने अर्बौ पैसा यत्तिकै सकिन्छ । तसर्थ, जनतासँगै संस्थापक लगानीकर्तालाई समेत उचित प्रतिफल दिने गरि कम्पनीले काम गर्नुपर्छ । समग्रमा कम्पनीलाई दिर्घकालिन बनाउने गरि अघि बढ्नुपर्छ ।
यस्तै, कम्पनीको अन्तरराष्ट्रिय क्रेडिट रेटीङ गर्ने बिषयमा पनि सबै अग्रसर हुनुपर्छ । कम्पनी स्थापना भएको यतिका बर्ष भएपनि अझै त्यस्तो रेटीङ हुन सकेको छैन । सायद, नेपालकै रेटीङ नभएर पनि होला ।
तर, विश्व बजारका बीमा कम्पनीले ए र बी रेटीङ प्राप्त बाहेकका पुनर्बीमा कम्पनीलाई पत्याउदैनन् । नेपाल रिको भने अझै रेटीङ गराइएको छैन । सरकारी कम्पनी भएको कारण मात्रै नेपाल रिले विदेशबाट व्यवसाय ल्याउन सकेको छ । रेटीङ भएको अवस्थामा नेपाल रिले विदेशबाट अझै राम्रो व्यवसाय ल्याउन सक्छ । तसर्थ, रेटीङ गर्ने मामलामा सरकार, बीमा समिति र स्वयम कम्पनी एकदमै अग्रसर हुनुपर्छ ।