त्रैमासिक समिक्षामा १३ कम्पनीको बीमा व्यवसाय बढ्दा ६ कम्पनीको घट्यो ( तथ्यांक सहित)
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ११। ८५ प्रतिशतले बढेको छ ।चालु आर्थिक वर्षको असोजसम्ममा निर्जीवन बीमा कम्पनीहरुले करिब ११ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार १९ वटा निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ११।८५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको असोजसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ९ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।आर्थिक मन्दीको समयमा बीमा कम्पनीहरुमा सोचेको जस्तो व्यवसाय हुन नसकेको बीमा कम्पनीहरुको सिईओको धारणा रहेको छ।
जीवन बीमा र निर्जिवन बीमा दुबैमा यसको प्रत्यक्ष असर देखिएको छ । ६ निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा कम्पनीको यी कम्पनीहरुको बीमाशुल्क आर्जन घटेको हो ।
प्रथम त्रैमासको अवधिसम्ममा जनरल इन्स्योरेन्सको २।०३ प्रतिशत , हिमालयन एभरेष्टको ४।१० प्रतिशत, सगरमाथा इन्स्योरेन्सको ६।०२ प्रतिशत, प्रिमियर इन्स्योरेन्स ६।८७ प्रतिशत, एनएलजी इन्स्योरेन्स ९।६६ प्रतिशत र युनाईटेड इन्स्योरेन्स कम्पनीको २६।५८ प्रतिशतले बीमाशुल्क आर्जन घटेको छ।
वृद्धिदरको आधारमा
यस त्रैमासको अवधिसम्ममा वृद्धिदरको आधारमा र बीमाशुल्क आर्जनको अवधिमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी अगाडि रहेको छ।कम्पनीको बीमाशुल्क आर्जन यस त्रैमाससम्मा १८३ प्रतिशत, लुम्बिनी जनरलको ३८ प्रतिशत, नेपाल इन्स्योरेन्स २८ प्रतिशत, सानिमा जनरलले २६ प्रतिशत, आइएमई जनरलले २० प्रतिशत, प्रुडेन्सियलले १२ प्रतिशत, नेशनल इन्स्योरेन्सले १२ प्रतिशत, अजोड इन्स्योरेन्सले ११ प्रतिशत, ओरियन्टलले ९ प्रतिशत, सिदार्थ इन्स्योरेन्सको ९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ५ प्रतिशत, नेको इन्स्योरेन्सको २ प्रतिशत र शिखर इन्स्योरेन्सको १ प्रतिशतले वृद्धि भएको छ ।
बीमा समितिको तथ्यांक अनुसार पहिलो त्रैमासको अवधिसम्ममा निर्जिवन बीमा कम्पनीहरुले १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।
यस त्रैमासको बीमशुल्कको आधारमा
यस त्रैमासको अवधिसम्ममा शिखर इन्स्योरेन्स कम्पनीलाई पछि पार्दै राष्ट्रिय बीमा कम्पनी अग्रस्थानमा पर्न सफल भएकोछ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै, दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब २ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।
तेस्रोमा सगरमाथा इन्स्योरेन्स कमपनी रहेको छ। कम्पनीले यस त्रैमाससम्ममा ८५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
बीमा समितिको तथ्यांक अनुसार नेको इन्स्योरेन्स कम्पनीले ८२ करोड रुपैया, सिद्धार्थ इन्स्योरेन्सले ७६ करोड रुपैयाँ, हिमालयन एभरेष्टले ७३ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ६१ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ५६ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले ५० करोड रुपैयाँ , अजोड इन्स्योरेन्सले ४६ करोड रुपैयाँ र आइएमई जनरलले ४४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै, नेपाल इन्स्योरेन्सले ४३ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले ४१ करोड रुपैयाँ, दि ओरियरन्टल ३९ करोड रुपैयाँ, पु्रडेन्सियल इन्स्योरेन्सले ३५ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ३२ करोड रुपैयाँ , युनाईटेड इन्स्योरेन्सले ३२ करोड रुपैयाँ, सानिमा जनरलले २८ करोड रुपैयाँ र जनरल इन्स्योरेन्सले २५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।