नेपाल बीमा प्राधिकरणको सुर्खेतस्थित कर्णाली प्रदेश कार्यालयमा नयाँ बोर्ड अनावरण
२३ कार्तिक २०७९, बुधबार ०८:३५
काठमाडौं । नेपाल बीमा प्र्राधिकरणको सुर्खेतस्थित कर्णाली प्रदेश कार्यालयको हिजो मंगलबार विहान एक समारोहका बीचमा कार्यालयको बोर्ड अनावरण गरिएको छ ।
बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालय प्रमुख उप निर्देशक पदम प्रसाद सोडारीको प्रमुख आतिथ्यमा, सहायक निर्देशक राजेन्द्र महर्जनको आतिथ्यमा जिल्लामा रहेका बीमा कम्पनीका कर्मचारीहरुको उपस्थितिमा हिजोदेखि कार्यान्वययनमा आएको बीमा ऐन अनुसार गठन भएको बीमा प्राधिकरणको नयाँ बोर्ड अनावरण गरिएको हो ।
साथै हिजै धनगढीस्थित सुदरपश्चिम प्रदेश र जनकपुरमा रहेको मधेश प्रदेशमा रहेका बीमा समितिका कार्यालयहरु बीमा प्राधिकरणमा रुपान्तरण भएका छन् । तीन वटै प्रदेश कार्यालयमा नेपाल बीमा प्राधिकरणको बोर्ड अनावरण गरिएको बीमा प्राधिकरणले जनाएको छ ।