युनाइटेड इन्स्योरेन्स डडेलधुरा शाखाद्धारा नौ लाख रुपैयाँ बीमा दावी भुक्तानी
२३ कार्तिक २०७९, बुधबार ०८:१८
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी, डडेल्धुरा शाखाले बीमा दावी भुक्तानी बापत नौ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । गत असार ५ गते दुर्घटनामा परेको ट्रयाक्टरको क्षतीपुर्तीका लागि बीमा दावी भुक्तानी बापतको नौ लाख रुपैयाँ मंगलवार हस्तान्तरण गरेको हो ।
जयदिप निर्माण सेवाको ट्रयाक्टर गत असार ५ गते दुर्घटनामा पर्दा सो को दावी भुक्तानी युनाइटेड इन्स्योरेन्समा परेको थियो सो बापतको रकम शाखा प्रमुख शंकरदत्त अवस्थीले निर्माण सेवालाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले आगामि दिनमा पनि बीमाप्रतिको जनविश्वास बढाउँदै उत्कृष्ट सेवा प्रदान गर्न कम्पनी सधैं बीमितको साथ रहने शाखा प्रमुख अवस्थीले प्रतिवद्धता व्यक्त गरेका छन् ।