महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

२२ कार्तिक २०७९, मंगलवार १३:३१

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले देशै भरीका शाखा तथा उपशाखामा कार्यरत एजेन्सी म्यानेजर, चिफ एजेन्सी म्यानेजहरुको लागि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम कात्तिक २० गते चितवनको सौराहा स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा देशै भरीबाट ७० जनाभन्दा बढी एजेन्सी म्यानेजरहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (एएमएल।सीएफटी)सम्बन्धमा विस्तृत प्रशिक्षण गराइएको थियो ।

गैर कानुनी कमाई र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धीकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिइयो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले कार्यक्रमको महत्व तथा प्रभावकारीताको बारेमा प्रकाश पारेका थिए । कम्पनीका अनुपालन अधिकृत तथा चार्टर्ड एकाउन्टेन्ट कपिल आचार्यले उक्त कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

साथै कार्यक्रममा कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक श्री प्रशान्तराज धमला, विभागिय प्रमुख योगेश कुमार नेपाल, श्रीजन श्रेष्ठ र कम्पनीका बागमती प्रदेश प्रमुख राम प्रसाद भुसाल को समेत उपस्थिती रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*