नेपाल बीमा प्राधिकरण औपचारिक रूपमा शुभारभ्म, नया बीमा ऐन प्रारम्भ
२२ कार्तिक २०७९, मंगलवार १०:३४
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आजबाट औपचारिक शुभारम्भ भएको छ। कुपण्डोलस्थित पुरानो बीमा समितिको भवनमा नेपाल बीमा प्राधिकरणको औपचारिक रूपमा सुरूवात गरिएको हो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले नयाँ कार्यालयको बोर्ड अनावरण गरेर औपचारिक रुपमा शुभारम्भ गरेका छन् । सरकारले नयाँ बीमा ऐन आजबाट लागू गरेपछि पुरानो बीमा समिति नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको छ । यससँगै आजबाट सबै काम कारवाहीहरु बीमा प्राधिकरणको नामबाट हुनेछ । यसअघि बीमा समितिले गरेको काम कारवाही समेत नयाँ बनेको प्राधिकरणले स्वामित्व गर्नेछ ।
आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको नयाँ बीमा प्राधिकरण शुभाम्भ भएको घोषणा गर्दै अध्यक्ष सूर्य प्रसाद सिलवालले अब स्वायत्त निकायबाट सिंगो बीमा क्षेत्रको निमन गरिने बताए ।