फस्ट क्लेम फस्ट सर्भिसको आधारमा कोरोना बीमा दाबी भुक्तानी गर्ने तयारीमा छौ: अध्यक्ष चंकी क्षेत्री

१८ कार्तिक २०७९, शुक्रबार १८:३३

काठमाडौं । बीमा समितिले आज कोरोना बीमा वापतको अर्थमन्त्रालबाट निकासा भएको रकम बीमक संघको खातामा पठाएको छ । नेपाल बीमक संघले कोरोना बीमाको एक अर्ब रुपैयाँ पाएको छ संघका अध्यक्ष चंकी क्षेत्रीले सरकारले निकासा गरेको एक अर्ब रुपैयाँ बीमा समितिबाट पाइसकेको बताएका हुन् ।

बीमा समितिबाट रकम बीमक संघको खातामा आईसेकको छ। बाँकि के कसरी बाड्ने भद्धन्ने बिषयमा पुन बीमक संघसँगको पुनः छलफलपछि टुगाें लाग्नेछ ।उनले समितिबाट आएको १ रुपैयाँ रुपैयाँलाई ५५ प्रतिशतको आधार मानेर ४५ प्रतिशत बीमा समिति, पुनर्बीमा र कम्पनीहरुबाट थपेर १ अर्ब ८१ करोड रुपैयाँ पुराएर चाडौं नै बीमितलाई भुक्तानी गर्ने तयारीमा रहेको बताए ।

उक्त मोडल अनुसार अर्थमन्त्रालयले पठाएको १ अर्ब रुपैयाँमा बीमा समिति पुनर्बीमा कम्पनी, बीमा कम्पनीले रकम थप गरेपश्चात् पुनः रकम थप गरेर मात्रै वितरण गर्ने हुँदा बैठकपश्चात् अन्तिम टुंगो लाग्ने बीमक संघका अध्यक्ष चंकी  क्षेत्रीले जानकारी दिए ।

जसअन्तर्गत बीमा कम्पनीहरुले २५ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीले १२ प्रतिशत र बीमा समितिले ८ प्रतिशत रकम थप्नुपर्नेछ ।बीमा कम्पनीहरुमा नै यसको भार बढी पर्ने देखिन्छ । प्रति बीमा कम्पनी १५ करोड रुपैयाँ छुट्याउनुपर्ने अवस्था सिर्जना हुन्छ । गत आर्थिक बर्षमा बीमा समितिले बीमा कम्पनीहरुलाई निर्देशन नै जारी गरेर कोरोनाको रकम संकलनको लागि नगद लाभांशमा समेत कडाई गरिएको थियो ।

सरकारले पठाएको रकममा पुन: थप गर्ने भार बीमा कम्पनीमाथि नै पर्नु भनेको बीमा कम्पनीहरुको नाफामा समेत संकुचन आउनु हो । महाविपत्ती कोषको समेत यसमा खर्च हुन सक्ने बीमा विज्ञहरु बताँउछन् ।

मन्त्रालयबाटै नै कोरोना बीमा दाबीको रकम बाड्ने मोडालिटि तयार भईसकेको हुँदा वितरणलाई व्यविस्थत गर्न के गर्न सकिन्छ भन्ने बिषयमा बीमक संघले छलफल गर्न लागेको जनाएको छ।बीमक संघका अध्यक्ष क्षेत्रीका अनुसार पहिलो चरणमा सर्वसाधारणलाई प्राथमिकता दिने हेतुले प्रकृया अघि बढ्ने बताए । बाँकि राष्ट्रसेवक कर्मचारी र सामूहिक बीमा तर्फ लाग्ने तयारी भईरहेको उनको भनाई छ। सर्वसाधारणमा पनि यसमा फस्र्ट क्लोम फस्र्ट सर्भिसको अवधारणा अनुसार कोरोना बीमा दाबी भुक्तानी वितरण गर्ने अर्थमन्त्रालयको मोडलमा रहेको उनले बताए ।

बीमा समितिले अर्थमन्त्रालयबाट स्वीकृत पाएको भुक्तानी कार्यविधि अनुसार बैंक वित्तीय संस्था, अन्य संघ संस्थाको नाममा कोरोना बीमा गराएकाहरुले समेत तत्काल भुक्तानी पाउने छैनन् ।

बीमा समितिले कोरोना बीमाको रकम सबैले पाउने हुँदा धैर्यतापूर्वक प्रतिक्षा गर्न समेत अपिल गरेको छ । समितिले कोरोना बीमाको रकम भुक्तानी गर्न यसअघि सञ्चालन गरिएको कोरोना बीमापुललाई रकम हस्तान्तरण भई पुलमार्फत कम्पनीहरुलाई रकम बाँडफाँड हुनेछ ।

पहिलो बीमा दावी गरेको तथा व्यक्तिगत रुमा शुल्क बुझाएकाहरुको रोस्टर तयारी पारी बीमा कम्पनीहरुले भुक्तानी सम्बन्धी सूचि तयार पार्नुपर्ने भएकोले आज वा भोलि नै रकम हात नपर्न सक्छ । त्यसको लागि केही समय लाग्न सक्ने हुँदा बीमितहरुले धैर्यतापूर्वक कम्पनीमा सम्पर्क गर्दै गर्नुपर्नेछ ।

कोरोना बीमाको दावी भुक्तानी पाउन बाँकी एक लाख १५ हजार भन्दा बढि बीमित मध्ये पहिलो चरणमा करिब १९ हजार जनाले दावी भुक्तानी पाउनेछन् । भने बाँकी बीमितलाई पुनः कोरोना बीमाको रकम भुक्तानी हुनेछ ।

कुनै पनि महामारीको बीमा गर्नु नहुने सिद्धान्त भएपनि बीमा समितिका तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाईको पालामा २०७७ साल बैशाख ७ गतेबाट कोरोना बीमा पोलिसी जारी गरिएको थियो । एक अर्ब २० करोड रुपैयाँ बीमा शुल्क उठाइएको कोरोना बीमाका करिब १५ अर्ब रुपैयाँ दावी भुक्तानी परेपछि भुक्तानी गर्न नसकिएको हो । कोरोना बीमा कुनै कम्पनी विशेष भन्दा पनि कोरोना बीमा पुलमार्फत सामूहिक रुपमा सञ्चालन गरिएको बीमा योजना हो । यद्यपि कोरोना बीमामा पोलिसी कम्पनीहरु आफैले जारी गरेका हुन् ।