प्रभावकारी स्वास्थ्य बीमा र कृषि उपज बीमा नेकपा एमालेको चुनावी एजेण्डा
काठमाडौं । नेकपा एमालेले आज सार्वजनिक गरेको २० बुँदे ग्यारेन्टी पत्रको ११ नम्बर बुँदामा कृषि उपजको बीमा गने उल्लेख छ । एमालेले आफ्नो घोषणा पत्रमा कृषि उपजको समर्थन मूल्य तोक्ने, कृषि उपजको अग्रिम खरिद सम्झौता गर्ने र कृषि उपजको बीमा गर्ने उल्लेख गरेको छ । पूर्व अर्थमन्त्री तथा एमालेका नेता डा. युवराज खतिवडाले स्वदेशमै रोजगारी, कृषि उत्पादन बढाउन कृषि उपजमा बीमा गर्ने ग्यारेन्टी किसानसँग गरिएको थप प्रष्ट्याए । किसानलाई उत्पादित अनाज बिक्रीको ग्यारेन्टी गर्ने र यसले क्षति नहुने भएकोले कृषि उत्पादन बृद्धि हुने एमालेको निष्कर्ष छ ।
त्यस्तै, नेकपा एमालेले आफ्नो घोषणा पत्रमा समावेश गरेको २० बुँदे ग्यारेन्टी पत्रको ८ नम्बर बुँदामा स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने उल्लेख छ ।
मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् । एमालेको घोषणापत्रमा प्रभावकारी स्वास्थ्य बीमा र कृषि उपज बीमा एमालेको चुनावी एजेण्डा समेत समावेश गरिएको छ।
आगामी मंसिर चारमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले तयार गरेको घोषणापत्रमा घर बनाउदा ब्याज अनुदान प्रदान गर्ने, कृषि उत्पादनमा बृद्दि, उयभोग नेपाली निर्यात विदेश, सबैका लागि काम र नियमित आम्दानी, बिउ पुजि उपलब्ध गराइने, वार्षिक पाचलाख रोजगारी, मासिक १० हजार लिटर पानी निशुल्क लगायत विषय उल्लेख छ।