राप्रपाको घोषणापत्रमा भोटियो जीवन बीमा र कृषि बीमा, यस्ता छन् अन्य एजेण्डा

१४ कार्तिक २०७९, सोमबार १६:५६

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी –राप्रपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीमा आईतवार आयोजित एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन्। राप्रपाको घोषणापत्रमा सहुलियत ऋण र जीवन बीमाको व्यवस्था र कृषि बीमालाई समेटिएको छ ।

आगामी मंसिर चारमा मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राप्रपाले तयार गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसदलगायत विषय उल्लेख छ।

त्यस्तै, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेजी शासकीय संरचनामा केन्द्र र बलियो स्थानीय तह लगायतको विषयलाई पनि राप्रपाले आफ्नो घोषणापत्रमा समावेश गरेको छ।

638028145622410662

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*