तीन महिनामा बाणिज्य बैंकहरुले कमाए पौने १९ अर्ब नाफा, प्रोभिजनको कारण दर्जन बैंकको मुनाफा घट्यो (तथ्यांक सहित)

८ कार्तिक २०७९, मंगलवार २०:१३

काठमाडौं । वाणिज्य बैंकहरूले पहिलो त्रैमासको अवधिसम्ममा १८ अर्ब ८६ करोड २८ लाख ९६ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् ।

अघिल्लो आर्थिक बर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले १७ अर्ब ७० करोड ५७ लाख ४३ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा वाणिज्य बैंकहरुको मुनाफा झण्डै ६ प्रतिशत अर्थात् ५.९४ प्रतिशतले बढेको हो । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार तीन महिनामा कूल मुनाफा बृद्धि भएपनि थुप्रै बैंकहरुको मुनाफा भने उच्च अंकले घटेको देखिएको छ । पहिलो त्रैमासको वित्तिय विवरण अनुसार २६ मध्ये १२ वाणिज्य बैंकको मुनाफा घटेको छ भने १४ वटाको मात्रै बढेको छ ।

मुनाफा बढाउने १४ बैंक
तीन महिनाको अवधिमा सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने बैंक एनआईसी एसिया बैंक रहेको छ । सो बैंकको पहिलो त्रैमासको अवधिसम्ममा बैंकको मुनाफा ४८.७९ ले बढेर १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ पुगेको छ । दोस्रोमा नबिल बैंक रहेको छ । यस त्रैमासमा बैंकको मुनाफा १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र कुमारी बैंकको नाफा पनि १ अर्ब माथि छ । बाँकी अन्य वाणिज्य बैंकहरुले करोड क्लबमा रहेर मुनाफा आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, एनएमबी बैंकको मुनाफा ९० करोड रुपैयाँ, प्राईम बैंकको ८७ करोड रुपैयाँ, एभरेष्ट बैंकको ८६ करोड रुपैयाँ, स्याट्याण्डर्ड चार्टर्ड बैंकको ८१ करोड रुपैयाँ, प्रभु बैंैकको ७० करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ६२ करोड रुपैयाँ, नेपाल बैंकको ७० करोड रुपैयाँ, सानिमा बैंकको ६० करोड रुपैयाँ, हिमालयन बैंकको ५३ करोड रुपैयाँ, एनसीसी बैंकको ५१ करोड रुपैयाँ, मेगा बैंकको ५० करोड रुपैयाँ, लक्ष्मी बैंकको ५० करोड रुपैयाँ सिटिजन बैंकको ५० करोड रुपैयाँ, सिद्धार्थ बैंकको ४९ करोड रुपैयाँ, माछापुच्छे बैंकको ४५ करोड रुपैयाँ, सिभिल बैंकको ४१ करोड रुपैयाँ, सेञ्चुरी बैंकको ३१ करोड रुपैयाँ, बैंक अफ काठमाडौंको मुनाफा २८ करोड रुपैयाँ, कृषि विकास बैंकको २२ करोड रुपैयाँ र सनराईज बैंकको १६ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् ।

१२ वाणिज्य बैंकहरुको खुद मुनाफा घट्यो
पहिलो त्रैमासको अवधिसम्ममा वाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तिय विवरणको आधारमा हेर्दा अघिल्लो आर्थिक बर्षको तुलनमा १२ वाणिज्य बैंकहरुको मुनाफा घटेको छ । सो मध्ये कृषि विकास बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, सनराईज बैंकको मुनाफा उच्च अंकले गिरावट आएको छ ।

यस त्रैमासको अवधिसम्ममा सबैभन्दा कम घट्नेमा एनसीसी बैंक परेको छ । सो बैंकको मुनाफा ०।२४ प्रतिशतले घटेर ५१ करोड ६८ लाख ३६ हजार रुपैयाँमा झरेको छ । सानिमा बैंकको मुनाफामा ३.४६ प्रतिशत, प्राइम बैंकको नाफा १०.६१ प्रतिशत, मेगा बैंकको नाफा ४४.३३ प्रतिशत, सिटिजन्स बैंकको २७.०८ प्रतिशत, माछापुच्छ्रे बैंकको नाफा १९ प्रतिशत र सनराइज बैंकले ६१.४९ प्रतिशतले घटेको छ ।

एनएमबी बैंकको नाफा १३.४५ लक्ष्मी बैंकको नाफा ८.९३ प्रतिशत र सिद्धार्थ बैंकको नाफा ४७.४८ प्रतिशत, नेपाल बैंकको नाफा १९.६५ प्रतिशत, कृषि विकास बैंकको नाफा पनि ५४.४७ प्रतिशत ले मुनाफा घटेको तथ्यांकमा उल्लेख रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*