रिलायबल नेपाल लाइफको साधारण सभा सम्पन्न, आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा सम्पन्न भएको हो ।
कम्पनीको सो सभाले कम्पनीको प्रबन्धपत्र बमोजिम सर्वसाधारणमा जारी गरिने जारी पुँजीको ३० प्रतिशत शेयर (आइपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ । साथै पाँचौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, २०७८ असार मसान्तसममको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।
यसका साथै सोही सभाले आव २०७८।७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डालाई अनुमोदन गरी पारित गरेको छ ।