आज काग तिहार मनाइँदै

६ कार्तिक २०७९, आईतवार १०:२७

काठमाडौं ।  यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदै छ । यमपञ्चकको पहिलो दिन काग तिहार पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण हिजो देखि नै यमपञ्चक शुरु भएको हो ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने मान्यता भएकाले आज यो पर्व मनाइएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत आज यो पर्व मनाउनुपर्ने निर्णय गरिएको जानकारी दिए ।

काग तिहारको दिन बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा परिकार खान दिइन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठा–मीठा खान दिई खुसी पार्ने गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*