रिलायबल नेपाल लाइफको साधारण सभा आज बस्दै, आइपीओ प्रस्ताव मुख्य एजेण्डा

६ कार्तिक २०७९, आईतवार ११:१४

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीको असोज १३ गते बसेको संचालक समितिको बैठकले सभा आज लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ः३० बजे बस्ने निर्णय गरेको छ।

उक्त सभाले कम्पनीको प्रबन्धपत्र बमोजिम सर्वसाधारणमा जारी गरिने जारी पुँजीको ३० प्रतिशत शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै पाँचौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, २०७८ असार मसान्तसममको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

यसका साथै आव २०७८।७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*